२०८३ असोज २२ गते बिहिवार

दाङका १६ जना काँग्रेसको चुनावी मैदानमा


दाङ, असोज २२ ।

नेपाली काँग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशन अन्तर्गत दाङका १८ जना उम्मेदवार मध्य दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
अझैं जिल्लाका १६ जना प्रतिष्पर्धाका लागि मैदानामा उत्रिएका छन् । काँग्रेस भित्र नेतृत्व चुन्न आजै दिउँसो बाट मतदानको तयारी गरिएको छ ।
दाङका नेताहरु मध्य दीपक गिरी उपाध्यक्ष पदमा भिडिरहेका छन् । दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने गिरी पूर्व माननीय र मन्त्रीपनि हुन ।
त्यस्तै दाङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने सहमहामन्त्री योगेन्द्र चौधरीले पुनः सोही पदमा उम्मेदवार छन् । दाङबाट पदाधिकारीमा भिड्ने गिरी र चौधरी मात्रै हुन ।
गत फागनु २१ गतेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा गिरी क्षेत्र नं. ३ बाट र चौधरी क्षेत्र नं. १ बाट पराजित भएका थिए ।
यी बाहेक दाङका थप १४ जना केन्द्रीय सदस्य पदका लागि उम्मेदवार छन् । तर, यो बीचमा उम्मेदवारी दिएका मध्य दाङको क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य केशवराज आचार्य र अपाङ्ग कोटाबाट दाङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने नारायणबहादुर बिसीले आ–आफ्नो उम्मेदवारी फिर्ता लिइ सकेका छन् । आचार्य र बिसीले उम्मेदवारी फिर्ता लिएपछि अब दाङका १४ जना बिभिन्न कलष्टर बाट केन्द्रीय सदस्यको मैदानमा उभिएका छन् ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने किरणकिशोर घिमिले खुला बाट केन्द्रीय सदस्य पदमा उम्मेदवार छन् । घिमिरे गत फागनु २१ म भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा पराजित भएका थिए ।
उनका सहोदर दाजु पूर्व माननीय कमलकिशोर घिमिरेपनि भूगोलबाट केन्द्रीय सदस्यका उम्मेदवार छन् ।
त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री प्रचण्डबिक्रम न्यौंपानेपनि केन्द्रीय सदस्यमा उम्मेदवार छन् । उनी २०७९ को निर्वाचनमा दाङको २ (ख) बाट निर्वाचित भएका थिए ।
त्यस्तै ३५ बर्ष मुनीको युवाबाट अनुराग खड्का केन्द्रीय सदस्यका उम्मेदवार छन् ।
२८ बर्षको छँदा अनुराग २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचनमा दाङको क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए । जतिखेर उनी लुम्बिनी प्रदेश सभाकै सबैभन्दा कम उमेरका थिए । उनी काँग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काका पुत्र हुन ।

त्यस्तै पूर्व राष्ट्रियसभा सदस्य अनिता देवकोटाले महिला खुल्ला बाट केन्द्रीय सदस्य पदकी उम्मेदवार छिन । देवकोटा दाङको क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्छिन ।

दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने गोबिन्दबहादुर शाह (शम्भू) खुल्ला बाट केन्द्रीय सदस्यको उम्मेदवार छन् । दाङ क्षेत्र नं. ३ का निवर्तमान क्षेत्रीय सभापति जगतबहादुर खड्काले खस आर्यबाट उम्मेदवारी दिएका छन् ।

दाङ क्षेत्र नं. ३ बाटै प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य प्रदीपराज शर्मा भूगोलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
दाङ क्षेत्र नं. ३ बाटै प्रतिनिधित्व गर्ने डा. नहकुल केसी र मोहन लम्सालले बिज्ञ तर्फ बाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
दाङको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने गिरिजादेबी न्यौंपानेले भूगोल बाट महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन ।
दाङ क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने दलित संघ दाङका अध्यक्ष बाबुराम बिश्वकर्मा दलित तर्फका केन्द्रीय सदस्यका उम्मेदवार छन् । दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने देविका नेपाली घिमिरे दलित तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार छिन् । दलित महिला तर्फ लिला नेपाली पनि उम्मेदवार छिन् ।

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *