२०८१ माघ १२ गते शनिवार

यस्तै अवस्था रहे ‘गरिब’ले अब चुनाबमा प्रतिपस्पर्धा गर्न सक्लान ?

यतिखेर मुलुककै जेठो र आँफूलाई मात्रै लोकतान्त्रिक पार्टी दाबी गर्ने नेपाली काँग्रेसको १४औं महाधिबेशन चलिरहेको छ । मुलुकका अधिकाँस स्थानका वडा, गाउँ र नगर अधिबेशन सम्पन्न भइसकेको अवस्था छ ।

दाङका एक वडा र दशवटै पालिकाहरुको महाधिबेशन पनि सम्पन्न भइसकेको छ । अधिबेशनबाट अधिकाँस आश लाग्दा युवाहरु नेतृत्वमा आएका छन् । जस्लाई अतेन्तै महत्वका साथ हेरिएको छ । कुनैपनि संग संगठन वा पार्टीका लागि महाधिबेशन एक किसिमले उत्सव समान नै हुन्छन् । जसले कुनैपनि संगठन र पार्टीमा नयाँ उत्साह तथा उर्जा प्रदान गर्ने गर्छ ।

अहिले स्थिति नियाल्दा काँग्रेसको मात्रै आन्तरिक महाधिबेशन भएपनि त्यसले देश दुनियालाई छोएको छ । गाउँ, बजार, चोक र चिया पसलहरुमा त्यसैको कुरा भइरहेको छ । बजार चलायमान बनेको छ ।

काँग्रेसको नेतृत्व चुन्न तुलसीपुरमा भएको आन्तरिक निर्वाचनको तडक भडक नियाल्दा आम निर्वाचनको झझल्को दिने खालको थियो । चुनाबी प्रचार प्रशारको सैली, सवारी साधनको प्रयोग र यहाँका होटेलहरुले गरेको ब्यापार त्यसको सूचक मान्न सकिन्छ ।

महाधिबेशनका क्रममा उम्मेदवारहरुले प्रयो गरेका नारा कम्ता आकर्षक थिएनन् । ‘सबै अटाउने काँग्रेस, सबैलाई जोड्ने काँग्रेस, सबै अट्ने काँग्रस, सबैलाई जोड्ने काँग्रेस, युवालाई प्राप्साहन, अग्रजलाई सम्मान’ यस्तै यस्तै नाराहरु प्रचार सामाग्री थिए ।

के ती नारामा लेखिएको जस्तै सबै अट्ने र सबैलाई जोड्ने काँग्रेस बन्ला त ? तुलसीपुर उपमहानगरको निर्वाचनको सिनारियो बिश्लेशन गर्दा निम्न पार्टीमा बर्षौंदेखि लगानी गरेका इमान्दार तर आएस्रोत भएका ‘गरिब’ उपेक्षामा परेको देखिएको छ ।

‘यस्ले अब गरिबले निर्वाचनमा भिड्न असंभव जस्तै छ भन्ने देखाएको छ ।’ यो भनाई एक जना काँग्रेस भित्रैका ‘गरिब’ तर, पाका एक जना इमान्दार नेताको हो । उनले भनेका थिए – ‘अहिलेको स्थिति नियाल्दा अब गरिबले राजनीति गर्नुहुन्न भन्ने पद्धतिको बिकास गर्न खोजिएको हो कि ? भन्ने स्पष्ट भइसकेको छ।’

जसरी यस पटक पार्टी भित्र उद्योगी ब्यबसायीले मात्रै पदाधिकारीमा टिकेट पाए, त्यो नियाल्दा ती नेताको तर्क नकार्न मिल्दैन पनि । तुलसीपर बजार भित्रैका गन्ने मान्नेका र औंलामा गन्न मिल्ने उद्यागी ब्यबसायीहरु मात्रै पदाधिकारीका उम्मेदवार बनाइनुले कसरी सबै अटाउने काँग्रेस बन्न सक्छ ? त्यो उनको प्रश्नको जबाफ यो पंक्तिकार संगपनि थिएन ।

तुलसीपुरका १९ वडाहरु मध्य एकाध बाहेक बजार क्षेत्रमा बसोबास गर्नेहरु वा बजारमा निकट सम्बन्ध बनाएकाहरुले बाहेक अरुले पदाधिकारीमा जितेनन् पनि ।

ती नेताले अब पार्टीको गरिबको राजनीतिक भबिस्य आँकलन गर्दै भनेका थिए ‘ यतिबेला निर्वाचित काँग्रेसका भित्रका उद्योगी ब्यबसायीले अब हामी जस्ता पार्टी भित्रका गरिबलाई हामी गाउँबाट साईकल चढेर आउँदै गर्दा आफ्ना महंगा गाडीले राजनीतिक रुपमा बर्षामा हिलो छ्याप्ने र सुख्खा मौसममा धुलो मात्रै खुवाउने स्थिति सृजना हुने म देख्दै छु।’

यही कुरा कुनै दिन नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोईरालाले पनि भनेका थिए । ‘कुनैदिन पार्टीमा सुकिला मुकिलाको मात्रै राज हुने छ र फेरि पार्टी भित्रै लोकतन्त्रको रक्षाको लागि गरिब तथा इमान्दार कार्यकर्ताले आन्दोलन छ्ड्नु पर्ने छ ।’

बिगतमा दश बर्षसम्म सशस्त्र द्धन्द गरेको माओबादीका नेताहरुले काँग्रेसलाई यथास्थितिबादी र बुर्जवाको संज्ञा दिन्थे । खैर,तर,आज उनीहरु नयाँ सामान्त साबित भएका छन् । यो सत्य हैन र ? आज सहर बजारमा उनीहरुकै हबेली खडा छन् । ठेक्का पट्टा, खोला नाला, वन जंगल निकासी पैठारीमा उनीहरुकै कब्जा छ ।

यही कुरा निर्वाचनकै दौरानमा मैले एक जना नेपाली काँग्रेस भित्रैका तुलसीपुर नगरका एक जना पदाधिकारीलाई सोधेको थिए । तपाँईहरुको निर्वाचन हेर्दा त अब ‘गरिब’ले राजनीति नगरे हुन्छ है । अब कसरी गरिब चुनाब लड्न सक्छन् ? उनले सहजै उत्तर दिएका थिए । ‘गरिबले चुनाब लड्ने हैन, राजनीतिपनि गर्ने हैन,’ उनले भनेका थिए ‘ गरिबले ब्यापार बिजिनेस गर्ने हो, आयमुलक काम गर्ने हो र पैंशा कमाउने हो । पुगेकाहरुले मात्रै राजनीति गर्ने हो ।’

उनको तर्क थियो, कमाएकाहरु वा पुगेकाहरुले राजनीति गर्दा भ्रष्टचार कम हुन्छ। स्थिति कमजोर भएकाहरु सत्तामा पुगे बढी भ्रष्टचार हुन्छ । तपाँईलाई यो उनको बिचार कस्तो लाग्यो ? यो कुरा पाठकको जिम्मामा छोड्न चाँहे ।

अर्काे थरि मत राख्नेहरु – यसपटक खिर्लिप्पै तुलसीपुरका प्रतिष्ठित ब्यबसायीहरु काँग्रेसको राजनीतिमा आँफै आकाँँक्षी बनेर नेताहरुलाई पनि साइजमा राख्न खोजेको तर्क गरे ।

‘ हाम्रा नेताहरुको जीवन सैली सरल थिदै थिएन,’ उनले भनेका थिए ‘ संधै नेता आउँदा जाँदा ब्यापारीले सबै पुगाइदिनु पर्ने, होटेल गाडीको ब्यबस्थापन गरिदिनु पर्छ भने आँफै किन नेता नबन्ने भनेर चेत ब्यबसायीमा आउनु सकारात्मक मान्नु पर्छ।’

पार्टी राजनीतिमा ब्यापारी आउनुले म मात्रै हुँ भन्ने र काम मिलाई दिने बाहानामा नेता तथा मन्त्रीहरुको ब्यबसायी माथिको आर्थिक सोशन (लेनदेन) कम हुने उनको तर्क थियो । ‘पहिला नेतामाथि ब्यापारीको लगानी हुन्थ्यो र अब ब्यापारिक नेताहरुको लगानी गरिब कार्यकर्तामा हुने छ र त्यो हुन जरुरी छ ।’

नेपाल तरुण दलका साबिक क्षेत्र नं. ४ का अध्यक्ष रमेश मल्लपनि अहिलेको स्थिति नियाल्दा गरिबले निर्वाचनमा प्रतिपस्पर्धा गर्न पार्टी भित्रै सहज नभएको स्वीकार गरे । उनले पार्टी भित्र हुने खानेहरु जबरजस्त हाबी बन्दै गएको र त्यसले भबिस्यमा समस्या आउने लख काटे ।

‘अहिले धन भएकाहरु मात्रै पार्टी र संगठनमा हाबी बनेको सत्य हो,’ उनले भने ‘ धनिहरुले मात्रै चुनाब लड्नु पर्छ भन्ने सन्देश अहिले प्रबाह गर्न खोजिनु गलत हो ।’ तर, उनले यस्तो प्रबृति पार्टी र संगठनमा धेरै टिक्न नसक्ने दाबी गरे ।

के पार्टी भित्रको राजनीतिमा यस्तो अवस्था क्षणिक र केही समयको लागि मात्रै हो ? यो दाबी गर्नु सजिलो पक्कै छैन । ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ भन्ने चर्चा त्यत्तिकै चर्चित छैन । लोभि पापी नेताका कारण राजनीति अवश्य बिकृत बन्दै गएको सत्य हो । हरेक पार्टीमा पैंशामा माननीयको टिकट खरिद बिक्रि हुने कुरा त्यत्तिकै चर्चामा आएका हैनन् । प्रहरी अधिकारी, डाक्टर, कर्मचारीले समेत सरुवा बढुवाको लागि ठूलो धन राषि दिने गर्छन भन्ने पनि त्यतिकै ब्याप्त बनेको पक्कै हैन । त्यस्तै बर्ग र ब्यक्तिका कारण राजनीति फोहरी, महंगो र बिकृत बनेको मल्ल तर्क गर्छन ।

तर, बिपी, सुर्बन, गणेशमान, किसुनजी जस्ता नेताहरुले हुर्काएको पार्टीमा अहिले स्थिति फरक छ ।
उनीहरुले जीवन भर प्रजातन्त्रका लागि लडे । तानासाह र धनकुबेरहरुलाई परास्त गरेका थिए । त्यस्तै गरि कुनैदिन पार्टीमा जागरण पैदा हुने र इमान्दारहरु संगठित भएर बिकृति सच्याउने दिन आउने तरुण नेता मल्ल बिश्वास गर्छन ।

मल्लले त्यही कुरा प्रमाणित गर्न आँफूपनि भबिस्यमा नेपाल तरुण दलको दाङ जिल्ला अध्यक्षमा भिड्ने मनस्थिति पुगेको सुनाए । ‘ जति सुकै धन कुबेर नै खडा होउन मलाई साथीहरुको साथ हुने छ । साथीहरुको सल्लाह लिएर म अगाडि बढ्ने छु । जस्तो सुकै धनाड्य उम्मेदवार खडा भएपनि म पछाडि हट्ने वाला छैन,’ मल्लले भने ।

सायद त्यो मल्लका लागि समेत ठूलो अग्नी परीक्षा समान हुने छ । साँच्चि संगठनमा लगन, इमान्दारिता ठूलो छ वा धन ठूलो छ ? त्यसको हिसाब किताब भबिस्यमा हुँदै जाने छ । मल्लले आँफूले नेताहरुका सामुन्ने तर्क सहित आफ्नो उम्मेदवारीका आधारहरु प्रस्तुत गर्ने र टिकेट पाउनका लागि त्यो भन्दा बढी कुनैपनि टिकडम नगर्ने बताए ।

‘मेरो संगठन भित्र अनेक थरि मानिस होलान । धनले मात्रै संगठन चल्थ्यो भने किन बिनोद चौधरीहरु प्रधानमन्त्री बन्न सक्दैनन,’ मल्लले प्रश्न गरे ।

धनिहरु मत्रै कुनैपनि संगठनमा हाबी भए समाबेशीको अंश समाप्त हुने, संगठन निर्माण भुत्ते हुने र पार्टी भित्र आन्तरिक लोकतान्त्रिक कमजोर बन्ने तर्क गरे ।

अजंगको पहाड पनि ढुंगा, माटो र बोट विरुवाले निर्माण गर्ने हुँदा पार्टी निर्माणको लागि शक्ति, बल, बुद्धि, धनि, गरिब सबैको आवश्यता जरुरी रहेको मल्लले बताए । ‘माटोको मात्रै पहाड खडा हुँदैन, ढुँगाको मात्रैपनि खडा हुँदैन र रुख तथा बोट विरुवाले मात्रै पहाड बन्दैन,’ मल्लले भने ‘ ठिक त्यस्तै राजा महाराजा वा धनकुबेरहरुको संगठन मात्रै लोकतान्त्रिक र समाबेशी पार्टी बन्दै बन्दै न।’

उनले २००७ सालदेखिको नेपाली काँग्रेसको राणा बिरोधी आन्दोलन, २०१७ साल पछिको ३० बर्षे लामो पञ्चायत बिरोधी आन्दोलन, २०४६ सालको जन आन्दोलन र २०६२-२०६३ सालको लोकतान्त्रिक आन्दोलन त्यसैको घोतक भएको तर्क गरे । उनले समय सबैभन्दा बलबान भएको भन्दै समयले सबै कुरा मिलाउने दाबी गरे ।

प्रकाशित मिति : २०७८ असोज १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *