२०८१ माघ १२ गते शनिवार

‘सत्रुहरुको आर्शिवाद’

तुलसीपुर, असोज ४ । ‘सत्रुहरुको आर्शिवाद’, यो कोटेशन लेखिएको एउटा यात्रुवाहक भ्यानमा आंखा टक्क रोकियो । गाडी नम्बर ७७१.. मात्रै मैले नोट गर्न भ्याए ।

शनिवार प्यूठानका आफन्त वितेको शोकमा सहभागी हुन जाने क्रममा वाग्दुला – वाहनो रुटमा चल्ने गाडीमा मैले त्यो देखेको थिए ।

यो सायरीमा चालकको असहज अवस्थालाई सहजै पढ्न सकिन्थ्यो । चालक त्यतिवेला सम्म सफलता पूर्वक सवारीसाधन चलाइरहन्थे, जतिवेला सम्म उसका सत्रुहरु वाढी पहिरो, सडकमा टिप्परले पारेका ठूलठूला खाडल, भत्केको कालोपत्रे, साँघुरा घुम्ति आदीहरु भेटिदैन थे । सवैले साथ दिएमा उसको यात्रा सफल हुने छ ।
गाडीवालाहरुले थरिथरीका सायरीहरु लेखेका हुन्छन् । मानौं सवै सवारीसाधनका सायरीहरुलाई विश्लेषण गर्दै जाने हो भने एउटा सायरी काव्य बन्न सक्छ । तर मलाई त्यही सायरीले कलम डो¥याउन विवस बनाइरहेको छ ।

मलाई त्यो सायरीलाई नेपाली कांग्रेसको आशन्न महाधिवेशनसंग जोड्न मन लाग्यो । हो, सत्रुहरुको पनि आशिर्वाद पाएर नेतृत्व लिनेहरु सफल हुने छन् । उनीहरुको राजनीतिक यात्रामा ब्रेक लाग्ने छैन । यदी सत्रुहरुले सधै आशिर्वाद दिइरहे भने ।

मैले देखें तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ को वडा अधिवेशन, तुलसीपुर १७ को अधिवेशन, घोराही –५ को अधिवेशन, लमहीको अधिवेशन अनि शान्तिनगर गाउँपालिकाको एउटा वडाको अधिवेशन ।

त्यहाँ त आशिर्वादको झल्को नै देखिएन । पुरै निषेधको राजनीति । कति हस्तिहरु क्षेत्रीय अधिवेशनमै राजनीतिक विश्राम लिन पुगे ।

सत्रुहरुलाई आउनै नदीने । यस्ता खेलले राजनीतिमा इश्र्या वाहेक के उत्साह ल्याउन सक्छ र ? यो डायरी मेरा व्यक्तिगत धारणाका अभिव्यक्तिको संगालो मात्रै हो । कसैलाई लान्छना लगाउन खोजेका अभिव्यक्ति होइनन् भन्ने बुझिदिनुहोला ।

गाँउ÷नगर अधिवेशन नजिकिंदै गर्दा त्यँहा नेतृत्व लिन आकाँक्षी उम्मेदवारहरु अहिले चुनावी मैदानमा होमिएका छन् । मत माग्न गाँउ गाउँसम्म पुुगेका छन् । मानौं आम निर्वाचन कै निम्तो जस्तै हो, यो अधिवेशनको माहोल ।

चिया पशलदेखि चोक चौतारासम्म चिया त्यही गफ भइरहन्छन् । नेपाली कांग्रेसका उम्मेदवार भनेर कँही कतैपनि चर्चा गरिदैन । गाँउ नगर अधिवेशन भएकाले पनि होला, सवैतिर टिमकै चर्चा छ ।

लमही नगरमा सभापतिका ७९ बर्षीय आकांक्षिलाई पार्वतीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नु कति लाजमर्दो कुरा हो ? जवकि, पार्वती डिसी चौधरी भन्दा उमेरले धेरै पाका आकाँक्षी हुन उनी ।

पार्वती नजन्मदै उनको राजनीतिक रुची सुरु भएको थियो होला ।
हो,अन्तपनि निकै चर्चा सुनिन थालेको छ । राजुको उम्मेदवार, भुपबहादुरको उम्मेदवार, वीरकेशरीको, कमल किशोरको, दीपकको, गेहेन्द्रको, बुद्धिरामको अन्य यस्ता धेरै …।

काँग्रेसको उम्मेदवार भन्नुपर्ने होइन र सवैलाइ ! अधिवेशन जति नजिकिंदै छ, चहलपहल त्यति नै तातिदै छ । तुलसीपुरमा तेस्रो धार रे ?

‘पार्टीको नाम एउटै, आदर्श र सिद्धान्द एउटै, झण्डा एउटै, चुनाव चिन्ह एउटै, किन चाहियो तेस्रो धार ?’ तुलसीपुरको पार्क क्याफेमा चिया पिउदै गर्दा पश्चिम दाङको शान्तिनगरबाट क्षेत्रीय प्रतिनिधिमा चुनिएका एक युवाले आक्रोश पोखे ।

उनको अक्रोशमा मेरो कुनै विमति छैन । हो, युवाहरुले यस्तै मन लिएर निर्वाचनमा गए सही नेतृत्व आउन सक्छ ।

काँग्रेसमा गुटवन्दी केन्द्रका नेताले गराएका होइनन्, तलैबाट सुरु भएको अडकल पनि अनुचित होइन ।
अधिवेशनमा अहिले धेरै युवाहरु क्षेत्रीय प्रतिनिधिका रुपमा आएका छन् ।

उनीहरुले अव गुट नचिन्न सक्ने छन् । टिम नमान्न सक्ने छन् । उनीहरुले इमान्दार र कर्मशिल नेतृत्व आफै चुन्न सक्ने क्षमता राख्ने छन् । त्यसैले पनि अव गुटका भ्रममा नपरे उययुक्त हुन्थ्यो कि ?

महाधिवेशन पार्टीको एउटा नयाँ जीवनको सुरुवातको अवसर पनि हो । नयाँ विचारको मन्थन गर्ने अवसरपनि हो । त्यसैले सक्षम व्यक्तिलाई आवस्यकता अनुसार तलदेखि माथिसम्म पठाउने स्वतन्त्र अधिकार क्षेत्रीय प्रतिनिधिहरुलाई दिंदा नै राम्रो हुने होइन र ?

अग्रज नेताहरुले पनि यही मान्यता राख्नुपर्ने होइन र ? यो मेरो खेमाको भन्दा पनि यो सच्चा काँग्रेसको नेतृत्वमा जान उपयुक्त छ भन्ने होइन र ?

सोमवार विहानको टेलिफोन कुराकानीमा एक जना महिला नेतृले चिन्ता व्यक्त गरेकी थिइन, ‘टिममा पर्न सकिन, तैपनि एक्लै लड्दै छु, भोट मागेर सहयोग गरि दिनु होला।’

कति पिडा छ, स्वतन्त्र रुपमा नेतृत्व लिन माथि पुग्न चाहनेहरुलाई । के कसैको बुई नचढी काँग्रेसको नेता बन्न सकिन्न र ?

मैले फेरिपनि त्यही गाडीको सायरी सम्झें, सत्रुहरुको आशिर्वाद । किनकि, राजनीतिमा कोहीपनि स्थायी सत्रु वा मित्र हुँदैन । राजनीति अवसर र संभावनाको खेलपनि हो । तर, खेल खेल्दा एउटा सच्चा खेलाडीले जस्तै अनुशानको पालना उम्मेदवारले गर्न सक्नु पर्छ ।

त्यसैले महाधिवेशनमा ती व्यक्तिहरु पुग्न सक्नेछन्, जसले सत्रुहरुको पनि आशिर्वादको अपेक्षा गरेका हुन्छन् । सवै तहका आकाँक्षीहरुलाई मेरो बधाइको शुभकामना ।

सत्रुहरुको श्राप होइन आशिर्वाद लिनुस्, अवस्य सफल हुनुहुने छ । परिनाम अग्रज नेतृत्वहरुले सोचे जस्तो नहुन सक्छ ।

तलैबाट निषेध गर्ने गुट परस्त राजनीतिक संस्कारको अन्त गरौं । चोक चौताराका चियागफले यही सन्देश दिइरहेका छन् ।

 

 

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *