२०८० चैत्र ६ गते मङ्गलवार

श्रीमानज्यूहरु …

नेपालका सर्बमाननिय मन्त्रीज्यूहरु । यो देश नेपाललाई कहाँ पठाउने काम गर्दै हुनुहुन्छ ? स्वीजरल्याण्ड बनाउँ छौं, भनेको यही हो ? सडकमा ढुँगा प्रहार चलिरहेको किन हो ?

बिक्रम संबत २०३६ मा जनमत संग्रह, २०४६ सालमा बहुदलिय आन्दोलन, २०५२ मा माओवादी आन्दोलन, २०६२÷२०६३ मा राजा फाल्ने आन्दोलन र फेरि अहिले २०७७ मा के फाल्नलाई आन्दोलन हो ?तीनै कम्युनिष्ट केही सरकारमा र केही सडकमा सत्ताकै लागि भाँडभैलो गर्ने यो कस्तो बिचित्र हो ? सरकारी अड्डा अदालत घुस नभइ कामै नहुने ।

चिन जान र पहुँच नभए पाउनु सास्ति पाउनु पर्ने ? तपाँईहरुको असली रुप छताछुल्ल भइसकेको छ । यस्ले प्रश्न गर्न मन लाग्छ,के तपाँईहरु देश बचाउन जानु भएको हो ? ती सबै परिवर्तन र आन्दोलन देशमा यस्तै भाँडभैलो गर्न कै लागि थिए ? अस्तब्यस्त पार्नका लागि थिए ? यसबाट तपाँईहरुलाई देश र जनताको माया छैन भन्ने देखिएको छ । तपाँईहरु देशभक्त हो कि, देश दोह्री ?

के तपाँईहरु देश बचाउन जानु भएको हो ? ती सबै परिवर्तन र आन्दोलन देशमा यस्तै भाँडभैलो गर्न कै लागि थिए ? अस्तब्यस्त पार्नका लागि थिए ? यसबाट तपाँईहरुलाई देश र जनताको माया छैन भन्ने देखिएको छ । तपाँईहरु देशभक्त हो कि, देश दोह्री ?

आफु र आफ्नो कुर्सी बचाई राख्न जस्तो सुकै हर्कत पनि गर्न पछि नपर्ने तपाँईहरु जस्ता कुलंगार नेताका कारण आज जनताले दुःख पाइरहेका छन् । नेपालका पशुपति नाथले तपाँईहरुलाई सराप दिने छन् । बुद्ध भगबानले सराप दिनेछन् । ३३ कोटी देबताको सरापमा पर्नु होला है नेताजी । आफ्नो स्वार्थ र कुर्सी मात्रै नहेर । दिन आउँछ, रात आउँछ, पर्खेर बस्न सक्नु हुन्न ? स्वर्गमा जाने ठाउँ कता छ खोज्नुहोस है, नत्र नर्कमा पर्नुहोला ।

हाम्रा प्यारा सर्बसत्तामान मन्त्रीज्यूहरु –चुके मुसा धेरै च्याँवक च्वाँक गरे मर्छ । त्यस्तो धेरै अत्याचार नगर्नुहोस है । तीन करोड जनताको सराप लाग्ला है, मन्त्रीज्यूहरु ।

तपाँई पदमा रहँदा मानवले गर्ने कामहरु गर्नुहोस । दानब जस्तो नबन्नुहोस । थाहाँ छ नि, भगबान इन्द्रलाई पनि दैब लागेर इन्द्रलोक छोडेर भाग्नु परेको थियो । कंश जस्तो बीर हुँ भन्नेलाई बध गर्न दूर्गामाता नै काफि थिइन भन्ने कुरा नर्बिसनु होला । आज गलत काम गरे भोलि समय आएपछि तपाँईहरुको त्यही दशा हुन सक्छ ।
जय नेपाल ।

लेखक २०३० सालदेखि २०४६ सालमा तुलसीपुर वडा नं. ६ का वडाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *