२०८३ भाद्र १० गते बुधवार

नेतृत्व चुक्नु हुँदैन


विमल रिजाल,
विश्व महामारीको रुपमा प्रभाव जमाउन सफलभएको कोरोना भाईरस (कोभिड १९) कारण हामी लक डाउनको १० हप्तापार गर्दै छौं। यो महामारी हामीले सोचे भन्दा भयावह छ । सरकार आफ्नो अभिभावकिय दायित्वमा चुकेको छ । हाम्रो क्षमता, साधनस्रोत, गरिबी र भ्रष्टाचारका कारणले भारतबाट अब्यवस्थित तरवले हाम्रा परिवार स्वदेश भित्रनुको बिकल्प छैन । अन्य तेस्रो मुलुकका नेपालीदाजु भाई सरकारलाई टुलुटूलू हेरेर बसेका छन ।यो संकटमा निजीक्षत्रले निर्वाह गरेको भूमिका र दायित्व प्रशंसनिय छ । भिन्न ब्यक्ति, प्रतिष्ठान र जिल्लार नगर उद्योग बाणिज्य संघहरुले गरेका कार्यले महासंघको गरिमा बढेको छ । सरकारले सदैब निजी क्षेत्रलाई पार्टनर र सहयात्रीको दर्जादिदै आएको छ ।

जब जबदेशमा संकट, महामारी आउँछ , अझभनौं काबु बाहिरको स्थिति देखापर्छ सबै खाले सहयोग गर्ने तयार हुने क्षेत्र नै निजी क्षेत्रहो ।

अहिले सरकारले निजीक्षेत्रलाई हेर्ने नजर र गर्ने ब्यवहारले हामीदुःखी छौं । जुन सरकार भएपनि निजी क्षेत्रलाई हेर्ने नजर र गर्ने व्यवहार समान र परम्परागत छ ।जुन कुरा राष्ट्रियताको सवालमा, राष्ट्रिय अर्थतन्त्रदिगो बनाउने सवालमा देखिनुपर्ने थियो, त्यस्तो पटक्कै हुन सकेको अवस्था छैन । सरकारले गर्ने हरेक निर्णय प्रतिनिजी क्षेत्रको सहयोग र समर्थन रहदै आएको तथ्य जगजाहेर नै छ । राज्यलाई कर तिर्नु हरेक नागरिकको दायित्व हो । व्यापारीको वर्गको यसमा झनैं अहम भूमिका रहन्छ ।

तर विडम्वना,बाँचौ र बचाऔं भन्ने मान्यता बोकेर अगाडि बढेको निजी क्षेत्रलाई आज सम्पत्ति बेचेर कर तिर्नुपर्ने, सापटी लिएर कर तिर्नुपर्ने,जसरी पनि कर तिर्नु पर्ने र कर असुल गर्नलाई पासको ब्यवस्था गर्छौंभन्ने जस्ता सरकारी अभिब्यक्तिले सिङ्गो निजी क्षेत्र निराश छ । निजीक्षेत्रको त्यसले अपमान भएको छ ।

दशौं हप्ता सम्म बन्धक ब्यवसायीले यो विषम परिस्थितिमा सरकारले सोचे अनुसार सहजै कसरी कर दाखिला गर्न सक्छन्? निजी क्षेत्रले मात्रैकहिले सम्म सरकारलाई एकतर्फी सहयोग र सपोर्ट गरिरहने ? बजेटनिजी क्षेत्रलाई उत्साहित बनाउने खालको प्रस्तुत नगर्ने, उद्योग व्यवसायका लागि प्राप्त हुनुपर्ने सहयोगको साटो कर दाखिला मात्रै गर्नुपर्ने राज्यनीति उचित मान्न सकिन्न ।

सरकारको निर्णय एकातिर, गृह प्रशासन अर्कौतिर, स्थानीय सरकार एकातिर, प्रहरी प्रशासन अर्कौतिरको परिस्थिति अहिले देखिएको छ । यस्तो अवस्थामा के गर्दैछ सरकार ? भाटा लगाएर देश सञ्चालन हुन्छ ? हाम्रो (व्यवसायीको) ब्यवसाय रहेन कर तिर्नु ? सबै समस्यासंग निजी क्षेत्रका प्रतिनिधिहरु परिचित छौं।

सरकार पक्षबाट पटक ÷ पटक धोकाभयो । भ्याट र मिसम्याच जस्ता कुराहरु समेत वास्तानगरी वार्ताका नाममा धोका ?कति धैर्य गर्नुपर्ने निजी क्षेत्रले ?अब त अति भयो । यस्तै होत पार्टनर र सहयात्रीलाई गर्ने व्यवहार ? विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुले निर्णय समेत गरिसकेका एजेन्डाहरुमा महासंघ सम्पूर्ण निजी क्षेत्रको समर्थन जुटाएर सबै पक्षको भावनाअनुसार कडा निर्णय गर्दै प्रक्रियागतआन्दोलनमा अगाडि बढनुको बिकल्प छैन । महासंघको हालको नेतृत्वलाई अगाडि बढनलाई कुनै अप्ठेरो छैन । कसैको तागतले रोक्दैन ।

नेतृत्वको परीक्षाको घडि सुरु भएको छ । वर्तमान कार्यसमितिको लागि यो गरेर देखाउने अन्तिम अवसर जस्तै सयम छ । कार्यकालको अन्त्यमा प्राप्त मौका चुकाउनु हुने छैन भन्ने विश्वास छ । पदाधिकारीज्यूहरु हजुरहरु अन्त्यमा पनि हुनुहुन्छ । त्यसैले जाँदाजादै चाँदछुन नसकिएला, तर, ब्यवसायीहरुको मन छोएर जाने प्रयत्न गर्नुहोस । यही मेरो यहाँहरुलाई विषेश अनुरोध छ ।सरकार त चुक्यो, हामी नचुकौं ।

विमल रिजाल एक सामाजिकअभियान्ता र एक प्रतिष्ठित व्यवसायी हुन । तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहाकार रिजालआसन्न बाणिज्य महासंघको निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका व्यक्ति हुन ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *