शरद रेग्मी,
दाङ, साउन ९ । राप्तीबाल एकाडेमी तुलसीपुरले योग प्रशिक्षण कार्यक्रम गरेको छ । तुलसीपुरस्थित होटेल वस्टर्न प्यालेसमा विद्यालयका छात्र–छात्रालाई प्रशिक्षण दिइएको हो । योग तथा ध्यानको माध्यमबाट अनुसासित तथा नैतिकबान बनाउने उदेश्यसहित दुई दिनसम्म प्रशिक्षण चलाइएको हो ।
बिद्यालयका प्रिन्सिपल ठाकुरप्रसाद डाँगीको अध्यक्षता तथा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष बिमल गौतमको प्रमुख आतित्थ्यता भएको हो । योग प्रशिक्षक रविन्द्र वस्नेतले प्रशिक्षण दिएका हुन । कार्यक्रमलाई सम्वोधन गर्दै गौतमले योग र ध्यानले बालबालिकाको मानसिक बिकासमा सहयोग पुग्ने तर्क गरे । नियमित रुपमा योग र ध्यान गर्नाले चरित्रबान तथा अनुशासित वन्न सहयोग पु¥याउने उनले बताए ।
योग प्रशिक्षक वस्नेतले योग र ध्यानका माध्यमबाट आफुले देशलाई माया गर्ने तथा देशका लागि केहि गर्छु भन्ने युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताए । बिद्यालयका प्रिन्सिपल डाँगीले बिद्यालयको वार्षिक नियमित कार्यक्रम अन्र्तगत प्रत्येक वर्ष यो कार्यक्रमलाई निरन्तरता दिदै आएको जानकारी दिए ।