२०८३ असार १३ गते शनिवार

पहरोमा लुकाएको १६ किलो सुन प्रहरीेले फेला पार्यो

गोरखा, साउन ८ । गोरखामा पहरोमा लुकाइराखेको १६ किलोग्राम सुन बरामद गरेको छ। धार्चे गाउँपालिका वडा नं. ३ खोर्लाबेशी बजारभन्दा एक किलोमिटर माथि पहरोमा बोराभित्र लुकाइराखेको १६ किलो सुन प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन फेला पारेको हो ।

चट्टानभित्र बोरामा लुकाइराखेको अवस्थामा प्रत्येक पिस एक एक किलोका १६ वटा सुन फेला परेको प्रहरीले बताएको छ । प्रहरीले यो भन्दा अगाडि चुमनुब्री गाउँपालिका निवासी धनकमल गुरुङलाई पक्राउ गरेको थियो । गुरुङले नै पहारोमा लुकाई राखेको सुन देखाइ दिएको प्रहरीले बताएको छ । उक्त सुन तिब्बतबाट भारतीय बजार तर्फ लैजाने तस्करले लुकाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *