दाङ, वैशाख २८ ।
दाङको घोराहीमा पैदल हिड्दै गर्दा लडेकी एक छात्राको मृत्यु भएको छ ।
रोल्पाको रुन्टीगढी गाउँपालिका – १ करेन्टीकी २१ बर्षीया छात्रा धनसरी कवरको सोमबार बिहान पैदल हिड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको दाङका प्रहरुी प्रबक्ता डिएसपी रेशम बोहराले बताए ।
बिहान पौने ८ बजेतिर ट्यूसन पढेर फर्किदै गर्दा कवर दाङको घोराही उपमहानगरपालिका – १३ डमुर गाउँमा हिड्दा हिड्दै आँफै लडेकी थिइन ।
उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शब पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ । अभिभावक रोल्पा बाट दाङ आएका छन् ।
प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार