
दाङ, चैत १६ । लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा बालबालिका सम्बन्धि कसुरमा पक्राउ परेकी छन् । उनी दाङको तुलसीपुर निवासी हुन । उनी नेकपा (एमाले)की समानुपातिक सांसद हुन ।प्रहरीले उनलाई राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो।
२०८१ जेठ १४ गते महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । शर्माले दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो। काठमाडौंका तत्कालिन मेयर र हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा नाबालिकालाई घरेलु कामदार गरएको विषयमा सार्वजनिक रुपमा प्रश्न उठाएका गरेका थिए ।
प्रदेशसभा सांसद शर्मा माथि तत्कालिन मेयर शाहले नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको जस्ता आरोप लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो ।
महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा ९२० ९ङ० अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो।जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै प्रधानमन्त्री समेत रहेका बालेनले त्यो समयमा फेसबुकमा स्टाटस लेखेका थिए।
शर्माविरूद्ध २०८१ गत माघमा मुद्दा नचल्ने निर्णय भएको थियो । महानगरपालिकाले ती बालिकालाई बन्दी बनाएको भन्दै बालिकाका बुवा बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वौच्च पुगेका थिए।२०८१ असार २५ गते बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दा सर्वाैच्चका अदालतका वकिलले फरक फरक राय दिएका थिए ।
महानगरले उद्धार गरिएकी बालिकालाई बाबुको जिम्मा लगाउनुपर्ने र नाबालिग बालिका बाबुसँग भन्दा पनि संरक्षण गृहमै सुरक्षित हुने राय वकिलहरुको थियो ।
यसरी राय बाझिएपछि उक्त मुद्दा पूर्ण इजलासमा पेस भएको थियो। २०८१ असार २८ गते बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गरी फैसला समेत गरेको थियो। अदालतले बुवाआमासँग पुनर्मिलन गराएर बालिकालाई उनकै इच्छा अनुसार काठमाडौंमा राख्न आदेश दियो।
