२०८३ साउन २६ गते मङ्गलवार

प्रदेश सांसदबाट राजीनामा दिएर संघीय सांसद बन्ने धनबहादुर मास्कीसहित तीन जनाको सपना अधुरै

तुलसीपुर, फागुन २५ । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दाङको क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टी बाट उम्मेदवारी दिएका धनबहादुर मास्की (राजेश) को संघीय सांसद बन्ने सपना अधुरै रह्यो ।


जस्ले २०८२ माघ ६ गते लुम्बिनी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिदै प्रतिनिधिसभा सदस्य बन्ने सपनासहित उम्मेदवारी दर्ता गराएका थिए ।


मास्की २०७९ मंसिर ४ गते भएको प्रदेशसभा सदस्य पदको निर्वाचनमा दाङको क्षेत्र नं. ३ (ख) निर्वाचित भएका थिए । मास्कीले नेकपा (एमाले) का तत्कालिन जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतलाई पराजित गरेका थिए । त्यतिखेर नेपाली काँग्रेस र तत्कालिन नेकपा (माओवादी केन्द्र) लगाएतको चुनाबी गठबन्धन थियो ।


तत्कालिन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएपछि काँग्रेस नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छँदा मास्की लुम्बिनी प्रदेश सरकारको अर्थमन्त्री बनेका थिए । मास्की ११ महिना जति प्रदेश सरकारको मुख्यमन्त्री बनेका थिए ।

उनै मास्कीले झन्डै डेढ बर्ष प्रदेश सांदसको पद कायम छँदै त्यसबाट राजीनामा दिएर दाङ – ३ मा नेकपा बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । प्रदेश सांसद बाट राजनीमा दिएर संघीय सांसद बन्ने उनको त्यो सपना भने साकार हुन सकेन ।


फागुन २१ गतेको निर्वाचनमा प्रतिष्पर्धी मध्य नेकपाका उम्मेदवार मास्की चौथो स्थानमा आए । जस्ले ९,३२२ मत प्राप्त गरे ।


दाङ – ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)का कमल सुबेदी ४४, २४८ मतसहति निर्वाचित हुँदा काँग्रेसका दीपक गिरी १६४५३ मतसहित दोस्रो, एमालेका घनश्याम पाण्डे १२,१९५ मतसहित तेस्रो स्थान हासिल गरेका थिए ।


जस्लाई मास्कीले समयको माग र जनताको ब्यालेट बिद्रोहका रुपमा अथ्र्याए । उनले जनताको परिवर्तनको चाहाना अनुरुप अब नेकपा पनि रुपान्तरित हुँदै अघि बढ्नु पर्ने समय आएको बताए ।


संविधान संशोधन गरि प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबको आवश्यकता रहेको बताए ।


मास्की जस्तै २०७९ मंसिर ४ मा भएको निर्वाचनमा नेकपा (माओबादी केन्द्र) प्रदेश सभा सदस्य बाट निर्वाचित भएपनि राजीनामा दिएर बाँके – १ बाट फागुन २१ गते प्रगतिशिल लोकतान्त्रिक पार्टी बाट चुनाव लडेकी पूर्व मन्त्री कृष्णा केसी र नागरिक उन्मुक्ति पार्टी बाट बर्दिया – २ (ख) निर्वाचित पूर्व मन्त्री धर्मबहादुर चौधरी चौधरीपनि फागुन २१ को चुनाबमा पराजित भए । पछिल्लो समय उनी पुरानो पार्टी परित्याग गरि उज्यालो नेपाल पार्टी बाट बर्दिया – २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थिए । उनी उज्याले नेपाल पार्टीका महामन्त्रीपनि हुन ।

प्रदेशसभा बाट राजनीमा दिएर प्रतिनिधिसभा सदस्य पदमा भिडेका चार जना मध्य रुपन्देही – ४ बाट कनैयाँ बानिया मात्रै सफल भए ।


बानिया २०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ (क) बाट तत्कालिन लोकतान्त्रिक समाजबादी पार्टीबाट निर्वाचित भएका थिए । जस्ले लोसपा त्यागेर प्रदेशसभा सदस्य पदबाट राजीनामा दिदै राश्वपा निर्वाचन लडेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *