दाङ, फागुन २२ । बाँके क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरीले मतान्तर फराकिलो पार्दै अघि बढेका छन् ।
चौधरीले आफ्ना निकटतम प्रतिष्पधी भन्दा तीन गुना बढी मत प्राप्त गरेका छन् ।
हालसम्म चौधरीले १० हजार सात सय ७८ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसका नारायणप्रशाद गौंडेलले तीन हजार चार सय ११, नेकपा (एमाले) का दुई हजार पाँच सय ५१ र नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्रप्रशाद पाण्डेले एक हजार चार सय १५ मत प्राप्त गरेका छन् ।
बाँके – १ मा हालसम्म १९ हजार आठ सय २२ मत गणना भइ सकेको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
