२०८३ साउन २४ गते आइतवार

दाङमा कहाँ कति मत खस्यो ?


तुलसीपुर, फागुन २१ । बिहीबार भएको प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका क्रममा दाङमा ५८.३३ प्रतिशत मतदान भएको छ ।

जिल्लामा कुल चार लाख ३१ हजार ६ सय ८६ मतदाता रहेकामा दुई लाख ५१ हजार आठ सय १९ जना मात्रै मतदानमा सहभागी भए ।


लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कँवरले जिल्लामा कुल ५८.३३ प्रतिशत मतदान भएको बताए ।


जिल्लाका तीन निर्वाचन क्षेत्र मध्य दाङको निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ४० हजार एक मतदाता रहेकामा ८० हजार नौं सय २० मत खसेको सूचना अधिकारी कँवरले जानकारी दिए । क्षेत्र नं. १ मा ५७.८० प्रतिशत मत खसेको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा एक लाख ४० हजार नौं सय ६५ मतदाता थिए । यहाँ ८२ हजार ६ सय २६ जनाले मतदान गरे । यो ५८. ६१ प्रतिशत हो ।


निर्वाचन क्षेत्र नम्बर ३ मा एक लाख ५० हजार सात सय २० मतदाता थिए । यहाँ ८८ हजार दुई सय ७३ मत खस्यो ।
यो क्षेत्रमा ५८.५७ प्रतिशत मतदान भयो ।


जिल्लामा शान्तिपूर्ण रुपमा मनदान सम्पन्न भएको छ ।
सूचना अधिकारी कँवरका अनुसार मतगणना शुक्रबारदेखि मात्रै हुने छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *