तुलसीपुर, फागुन २१ । नेकपा (एमाले)का महासचिव तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन् ।
उनले तुलसीपुर उपमहानगरपालिका – १९ बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन ।
नेपाली काँग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले घोराही उपमहानगरपालिका – १५ बाट मतदान गर्दै छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले घोराही – १७ बाट मतदान गर्दै छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बिपिनकुमार आचार्यले भने आँफुले आँफुलाई मतदान गर्न पाएनन् । दाङ क्षेत्र नं. २ बाट उम्मेदवार रहेका आचार्यले क्षेत्र नं. ३ अन्तरगत पर्ने तुलसीपुर उपमहानगरपालिका – १२ हरिपौरी माध्यमिक बिद्यालयमा मतदान गर्ने छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार