२०८३ बैशाख २ गते बुधवार

दाङ–३ मा कुन उम्मेदवारले कहाँबाट मतदान गरे ?

तुलसीपुर, फागुन २१ । नेपाली काँग्रेस बाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले दंगीशरण गाउँपालिका – ५ हेकुँलीमा मतदान गरेका छन् । उनले त्यहाँबाट पहिलो मतदान गरेका हुन ।


नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले तुलसीपुर – ८ अश्वाराबाट मतदान गरेका छन् । एमालेकी समानुतपातिक उम्मेदवार कोमल वलीले तुलसीपुर – ८ को कृष्णमन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार कमल सुबेदीले दंगीशरण – ४ स्थित आधारभुत विद्यालय । बैवाङ मतदान केन्द्रबाट मतदान गरेका छन ।


नेकपाका उम्मेदवार धनबहादुर मास्कीले बबई गाउँपालिका – ४ हापुरेमा मतदान गरेका छन् ।
दाङमा मतदानका लागि मतदाताको बिहानै देखि उत्साह जनक रुपमा सहभागी भएका छन् ।

मतदान सुरु हुनु भन्दा पहिला नै मतदाताहरु लाइनमा बसेका थिए । बिहान छिटो मतदान सकेर घर धन्दा गर्न सजिलो हुने हुँदा अधिकाँस गृहेणी बिहानै मतदान गर्न पुगेको बताएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *