तुलसीपुर, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) का पोलिटब्यूरो सदस्य बलबहादुर वली (सितल)ले राष्ट्र एकदमै खतरामा पुग्ने स्थितिमा आएको हुँदा राष्ट्रलाई जोगाउन आँफुले उम्मेदवारी दिएको बताएका छन् ।
दाङको क्षेत्र नं. ३ बाट तुलसीपुरस्थित सरकारी वकिल कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता पछि उनले अरुले जस्तो आँफुलाई बिजयी बनाए गुलिया कुरा मात्रै नगर्ने र काम गरि देखाउने बताएका हुन ।
सबै राजनीतिक दलहरुले नेपालको बिकास निर्माणको गुलिया नाराहरु मात्रै लगाउँदै आएको भएपनि त्यो नारामा मात्रै सीमित भएको र युवालाई स्वदेशमै रोजगारी सृजना गर्न तथा देशलाई समाजबादमा लैजान आँफुहरुले जित्न जरुरी रहेको उनले बताए ।
बिकास निर्माण, बाटो घाटोको थप राम्रो बनाउन तथा तुलसीपुरका टरिगाउँ एयरपोर्टका बिकास गर्न आँफुले ध्यान दिने उनले बताए ।
२०७० सालमा नयाँ पार्टी गठन गरेपछि बिप्लव नेतृत्वको माओबादी पहिलो पटक संसदीय निर्वाचन रोजेको हो ।