२०८३ साउन २४ गते आइतवार

पश्चिम दाङलाई बिकसित मुलुकको स्टानडरमा पुर्‍याउन मेरो उम्मेदवारी – दीपक गिरी


तुलसीपुर, माघ ६ । नेपाली काँग्रेस बाट दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरीले पश्चिम दाङलाई बिकसित मुलुकको स्टानडरमा पुर्‍याउन आफ्नो उम्मेदवारी भएको बताएका छन् ।


फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि मंगलबार तुलसीपुरस्थित उच्च सरकारी वकिलको कार्यालयमा गइ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता पछि काँग्रेस नेता गिरीले त्यस्तो बताएका हुन ।


काँग्रेस उम्मेदवार गिरीले आँफुले पश्चिम दाङको बिकासका लागि बिगतमा धेरै नै महत्वपूर्ण भूमिका खेलेको भन्दै थप बिकास र निर्माणको भूमिका खेल्ने बताए ।
पूर्व मन्त्रीसमेत रहेका गिरीले बाटा घाटादेखि तुलसीपुरको टरिगाउँ एयरपोर्ट बिस्तार तथा निर्माण आफ्नो मुख्य लक्ष्य हुने बताए ।


‘पश्चिम दाङलाई एउटा कर्णाली पनि भनिन्थ्यो मैले त्यसमा धेरै सुधार गर्दै आएको छु,’ उनले भने ‘अझैं त्यसलाई थप बिकसित बनाउनु पर्ने छ म त्यसमा लाग्ने छु ।’

आँफु नौं महिने मन्त्री बन्दा आफ्नो क्षेत्रमा कृषीको बिकास लागि दर्जनौं सिंचाइका काम गरेको, खोला नाला तथा नदीमा तटबन्ध गराइ किसानको जग्गा जमिन जोगाएको, बिभिन्न नदी तथा खोलामा पुलहरु निर्माण गरेको गिरीले भएपनि अझैं पश्चिम दाङलाई बिकसित मुलुकको स्टानडरमा पुर्‍याउन भूमिका खेल्ने चर्चा गरे ।

उनले मूख्य चुनौति रोजगारी भएको हुँदा उद्यमशिलता र रोजगारी सृजना गरि युवालाई स्वदेशमै रोक्न प्रयास गरिने बताए ।

त्यस्तै उनले मुलुकको लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउन आफ्नो उम्मेदवारी भएको बताएका छन् । आँफुलाई निर्वाचित गरे नबीनतम नेपाल बनाउने गरि केही सुधार गरि जनताले रुचाउने संविधान बनाउन भूमिका खेल्ने उनले स्पष्ट पारे ।


गिरी यसअघि पनि यही क्षेत्र वाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *