२०८२ माघ २३ गते शुक्रवार

खाना खाँदा अर्कौ परेपछि मृत्यु

दाङ, माघ ५ । रुकुम पश्चिममा खाना खाने क्रममा सर्कौ परेपछि एक जनाको मृत्यु भएको छ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका – ३ स्याल खोलाका ४५ बर्षीय मेघराज बटला शुक्रबार बेलुकी ८ बजेतिर घर परिवार संगै खाना खाना क्रममा सर्कौ परेपछि बेहोस भएका थिए ।


परिवारका सदस्यले तत्कालै मिसन अस्पताल चौरजहारी पुर्‍याउँदा चिकित्सकले बटलालाई मृत घोषणा गरेका थिए ।


खाना खाने क्रममा एक्कासी सर्कौ परेपछि उनको मृत्यु हुन पुेगको चिकित्सकले बताएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *