तुलसीपुर, माघ २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तुलसीपुर– घोराही चारलेन सडक निर्माण बारे प्राबिधिक संग बुझेका छन् ।
चारलेन सडक निर्माणको हालसम्मको प्रगतिका बारे जानकारी लिदै पोखरेलले केही समस्या भए नभएको सोधेका थिए ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टका आनुसार एमाले महासचिव पोखरेलले सडक निर्माणमा हालसम्मको प्रगति बारे बिहानै नारायणपुर क्षेत्रमा आइ सोधेका थिए ।
त्यस्तै उनले केही समस्या भए सहजीकरण गर्न आँफु तयार रहेको बताएका थिए ।
पोखरेलले संझौतामा तोकिएको समय निर्माणको काम पुरा गर्न भन्दै बिस्तारको काममा कुनै समस्या भए आँफुलाई भन्न आग्रह गरेका थिए ।
बिष्टका अनुसार हालसम्म बिस्तरको कार्यमा कुनै समस्या नरहेको र समस्या भए अवगत गराउने बताएका थिए । बिष्टले हाल माटो पटान, सडक संरचनाहरू निर्माण, बिजुलीका पोल सार्ने र रुख कटान छपान जस्ता कार्यहरू भइ रहेको कुरा आँफुले एमाले महासचिव पोखरेलाई अवगत गराइएको बताए ।
यो सडक तीन वर्ष अर्थात ३६ महिना भित्र सम्पन्न गर्नेगरी श्री दिवा–बन्दन भगवती जेभी–वानेश्वर काठमाडौले मंसिर १ गतेदेखि घोराहीको गुर्जेखोला बाट काम सुरु गरेको थियो ।
नेपाल सरकार र निर्माण कम्पनीका बीचमा २०८२ असार २४ गते ठेक्का भएको सम्झौता भएको थियो । २ अर्ब २४ करोड ५६ लाख १७ हजार एक सय ३४ रुपैयाँ २० पैंशामा ठेक्का संझौता भइ निर्माण पक्षले काम गरि रहेको छ ।
तुलसीपुर – घोराही सडक खण्ड बिस्तारको काम यसअघि अलपत्र परेपछि नेपाल सरकारले ठेक्का तोडेर पुन ः नयाँ टेन्डर आह्वान गरेको थियो ।
यसअघि पाँच बर्ष पहिले सडक सुधार तथा बिकास आयोजना निर्देशनालय अन्तरगत भालुवाङ – वागदुला– भिमगिठ्ठे, चन्द्रौटा – कृष्णनगर, लमही – घोराही – तुलसीपुर सडक योजना लमही, दाङ – भारतीय एक्जिम बैंकको ऋण सहयोगमा भारतिय ठेकेदारले काम गर्ने गरि काम सकारेको भएपनि काम हुन सकेको थिएन ।
चार पाँच बर्षसम्म पनि भारतिय ठेकेदारले जिम्मा लिएको सडक निर्माणको कार्य प्रगति राम्रो नभएपछि ठेक्का तोडिएको थियो । पटक–पटक गरि पाँच पटक म्याद थप गरी निर्माणको पहल भएपनि कामले गति लिन नसकेपछि २०८० जेठमा उक्त कम्पनीसँगको ठेक्का सम्झौता नेपाल सरकारले रद्द गरेको थियो ।
ठेक्का तोड्न तत्कालिन गठबन्धन सरकारमा नेकपा (माओबादी केन्द्र) की नेतृ तथा संचार मन्त्री रेखा शर्मा खड्का र पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता दीपक गिरी लगाएतले भूमिका खेलेका थिए । ठेक्का तोडिएपछि सरकारकै रकमा खाल्डा खुल्डी युक्त सडक टालटुल पारेपछि यात्रा गर्न केही सहज भएको थियो ।
यो भन्दा पहिले सडक बिस्तारको जिम्मा भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ तथा इन्फास्टक्चर प्रालिले पाएको थियो ।
ठेक्का तोडिएपछि सरकारको गठबन्धन फेर बदल भएको थियो । फेरि एमाले – काँग्रेस गठबन्धको सरकार बनेपछि किषेशतहः एमाले महासचिव पोखरेल र काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीको पहलमा अलपत्र अवस्थाको तुलसीपुर – घोराही सडक खण्ड बिस्तारका लागि टेन्डर आह्वान भएको थियो ।
त्यसका लागि एमाले महासचिव पोखरेलले नै मदन भण्डारी राजमार्ग निर्देशनालय अन्तगत यो सडक खण्डलाई पुनः फर्काउन भूमिका खेलेका थिए ।
हाल नेपाल सरकारको आफ्नै बजेटमा सडक बिस्तारको काम भइ रहेको छ । मदन भण्डारी निर्देशनालय अन्तरगत भइ रहेको सडक बिस्तारको यो आयोजनाको अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी भने डिभिजन सडक कार्यालय दाङले पाएको छ ।
डिभिजन सडक कार्यालय दाङका प्रमुख बिष्टका अनुसार अनुसार सडकको कालो पत्रे चाल लेनमा हुने छ । निर्माण कार्यले ओगट्ने क्षेत्र ३० मिटर चौडाको हुनेछ । सडक कालोपत्रेको काम डिबिएम अस्पाल्ट बिधिबाट गरिने छ ।