काठमाडौं, पुस ३० । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि अनुशासन कारबाही गरेको छ ।
बुधबारको केन्द्रीय समिति बैठकलेले तीन जना नेतालाई कारबाही गरेको हो ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले तीनै जनालाई ५ वर्षसम्म साधारण सदस्यसमेत नरहने गरि पार्टी बाट निष्कासन गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
असन्तुष्ट महामन्त्रीद्धय थापा र शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा पार्टीको बिषेश महाधिवेशन जारी छ ।
यो बीचमा उत्पनन बिबाद मिलाउनका लागि नेताहरुले प्रयासहरु गरेको भएपनि ती प्रयासहरु बिफल भएका थिए ।
महामन्त्री द्धयले राखेका बिभिन्न ८ मागहरु बारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगमा पठाइएका उम्मेदवारहरूको नामबाट सभापति शेरबहादुर देउवाको हस्ताक्षर परिवर्तन गर्नबाहेक अरू प्रस्ताव मान्न नसकिने बताएका थिए।
खड्काले गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जाने र सभापति देउवा पार्टीका कामबाट निस्क्रिय रहने प्रस्ताव मान्न नसिकने बताएका थिए ।
सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वका रूपमा कुनै काम–कारबाही नगर्ने, संसदका उम्मेदवारहरूको टिकटमा कार्यवाहक सभापति खड्काको हस्ताक्षर हुने, अर्कौ महाधिवेशन नहुञ्जेल अन्तरिम अवधिसम्म पार्टीका मुख्य निर्णय गर्न चार/ पाँच जना नेताको ‘हाई कमान्ड’ बनाउने र गगन थापालाई कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै उनकै नेतृत्वमा आगामी चुनावमा जाने प्रस्ताव महामन्त्रीद्धयको थियो ।
पार्टी हाई कमान्डमा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा , वरिष्ठ नेता शेखर कोइराला लगायत रहने गरी छलफल चलिरहेको थियो ।
अर्कौ महाधिवेशन नभएसम्म पार्टीका नियमित गतिविधि हाम कमाण्डले नै सञ्चालन गर्ने प्रस्ताव गरिएको थियो । कांग्रेसको १५औं महाधिवशेन वैशाखमा गर्ने तय भएको छ।
पार्टी भित्र सैधान्तिक रुपमा कुनै बिमति रहेपनि निषेधको राजनीति चक्रब्यूहका कारण पार्टी दुर्घटनामा परेको हो । जस्लाई युवा र पौढ दुबै पक्षको पदको तीब्र चाहना मानिएको छ ।