दाङ, पुस ३० । सुर्खेतमा मोटरसाइकलको ठक्कर बाट घाइते एक बृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।
घाइते बीरेन्द्रनगर नगरपालिका – १३ की ७० बर्षीया लक्ष्मी लामिछानेको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
बीरेन्द्रनगर – ११ पिपरी चोकमा धुलियाबिटबाट सुर्खेत बजार तर्फ जाँदै गरेको क. प. ०२००२ प ३२७१ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी लामिछानेलाई मंगलबार दिउँसो पौने २ बजेतिर ठक्कर दिएको थियो ।
उनको उपचारका क्रममा बेलुकी सवा ४ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लामिछानेको शब पोष्ट मार्टमका लागि अस्पतालमै राखिएको छ ।
प्रहरीले मोटरसाइकल चालक लेखबेसी नगरपालिका – ३ का २९ बर्षीय हर्कबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका चालक बस्नेत बिरुद्ध सवारी ज्यान मुद्दा चलाउने गरि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।