दाङ, पुस २७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले एकतामा नआएका आफ्ना पूर्व सहकर्मी जनार्दशन शर्मालाई ‘आन्दोलनबाट भागेको’ भन्दै ‘भगौडा’को आरोप लगाएका छन् ।
रुकुम पश्चिमको मुसिकोट खलंगामा शनिबार आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै प्रचण्डले जनार्दनलाई त्यस्तो आरोप लगाएका हुन ।
प्रचण्डले यसअघि मध्यपहाडी लोकमार्गको अभियानको बेलामा रुकुम आउदाँको स्थिति स्मरणपनि गरेका थिए । ‘ मलाई कतै न कतै लागेको थियो, त्यो लहर हुँदैन कि भन्ने,’ उनले भने ‘ तर आज यो सभामा आउँदा रुकुमका जनता महान छन् र कुनै भगौडाको पछि लाग्दैनन् भन्ने कुरा तपाँइहरुले साबित गरिदिनु भयो ।’
प्रचण्डले रुकुममा पहिला जस्लाई नेता मानिन्थ्यो उनीहरु पलायन र बिचलित भएपनि रुकुमका जनता बिचलित र पलायन नभएको भन्दै धन्यबाद दिएका थिए । एकता बद्ध भएर पार्टी , क्रान्ति र नेतृत्वको साथमा रुकुमका जनता रहेको प्रमाण स्थापित भएको उनले बताए ।
‘ महान रुकुमेली जनता कुनै पलायनबादी अराजगता बादी ढोँगी पाखण्डीका पछाडि लाग्ने छैनन्,’ प्रचण्डले भने ‘ उनीहरु पार्टीको पक्षमा बिचारको पक्षमा पार्टीको नेतृत्वको पक्षमा बिगतको जनआन्दोलनको भिसन आँधुहुरी कालदेखि नै लाबद्ध छन् ।’
आँफु रुकुम आउँदा बजार भरी मानिसहरु ताँती लागेर स्वागत गरेको र जर्नादनहरु छुट्टिएर गएपछि झनै विशाल जनमत खडा भएको उनले दाबी गरे । ‘जनता कसैका बकौती र कसैका दास होइनन्,’ उनले भने ‘बरु अग्रनी क्रान्तिका लाल सिपाहीहरु हुन भन्ने कुरा रुकुमेली जनताले पटक पटक साबित गरेका छन् ।’
जेनजी आन्दोलन पछिको बिषम परिस्थितिमा फेरि बिषेश र एकताको अभियान थाल्न आँफुले माधवकुमार नेपालसंगै मिलेर अभियान थालेपछि १७ वटा पार्टी एकता बद्ध भइ सक्दा देशभरी एउटा उत्साह, भरोसा र उमंग पैदा भएको उनले दाबी गरे ।
प्रतिक्रिया बादी र जाली फटाहरु त्यो एकता बाट अताल्लिएर केही बिचलित मानिसहरुलाई देखाएर पार्टीका बिरुद्ध बिष वमन गर्दै आएको उनले दाबी गरे ।
‘ यहाँ तपाँइहरुले हेर्दा त यहाँको एक जना तपाँइहरुले अगाडि सारेको नेता पलायन भए बिचलित भए गए । कहाँ गए भन्दा कम्युनिष्ट –माक्सबाद छोड्ने ठाउँमा पुगे, कम्युनिष्ट पार्टी छोड्ने ठाउँमा पुगे,’ उनले भने ‘ तपाँइहरुलाई लाग्या होला उनी बिचलित भए भन्ने तर उनको पछाडि सामराज्यबादी र प्रक्रियाबादी षडेन्त्र छ । यो तपाँइहरुलाई म विश्वासका साथ भन्न सक्छु ।’ निकै ठूलो षडेन्त्र अन्तरगत जर्नादन लगाएतका मानिसहरुलाई बिचलित गराइएको प्रचण्डको आरोप थियो ।
केही अवसरबादी छोडेर गएपनि रुकुममा कसैले नेकपालाई हल्लाउन नसक्ने उनले दाबी गरे ।
प्रचण्डले जर्नादन गएपनि रुकुमेली जनतासंग पार्टी हेडक्वाटर झन् नजिक रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
‘पहिला त प्रभाकर थियो र प्रचण्डलाई ल्याउँथ्यो अब त प्रभाकर छैन प्रचण्ड आउँछ कि आउँदैन भनेर एक दुई जनाले मलाई भनेको सुने मैले,’ प्रचण्डले भने ‘ म झन बढी आउँछु रुकुम अब तपाँइहरुको साथमा झन बढी आउँछु आज प्रचण्ड मात्रै आएको छैन माधव नेपालजीलाई समेत लिएर आएको छु ।’
प्रभाकरको अभावमा पार्टी हेडक्वाटर संग सिधा सम्बन्ध हुँदैन कि भन्ने भ्रम नपाल्न उनले आग्रह गरे । उनले हमेसा रुकुमेली जनताको सुख दुखको साथमा हेडक्वाटर हुने र जहिलै ढोका खुल्लै रहेन प्रतिबद्धता जाहेर गरे ।
‘पहिले भन्दा बढी तपाँइहरुका दुःख सुखमा, तपाँइहरुका बिकास निर्माणका काममा हेडक्वाटर हुने छ,’ उनले भने ’ ‘ बरु प्रभाकरले उदण्ड तरिकाले गथ्र्यौ अब त्यो उदण्डता चल्ने छैन ।’ उनले हरेक बिकास निर्माणका कामका लागि पार्टी हेडक्वाटरको ढोका संधै खुल्ला रहने पटक पटक आस्वास्त पार्न खोजेका थिए ।
प्रचण्डले आँफु पहिलो पटक २०३९ / ०४० सालतिर आँफु पहिलो पटक रुकुम आउँदा कोह नेता भए जस्तै पछिल्लो समय जनार्दन पनि पलायन भएपनि त्यसले पार्टीमा कुनै असर नपर्ने प्रचण्डले दाबी गरे ।
उनले आन्दोलन, क्रान्ति र समाजबादको यात्रा प्रति एकताबद्ध भइ लाग्न आग्रह गरे । त्यसपछि उनले आँफु अहिलेको चुनाब रुकुम पूर्व बाट लड्ने घोषणा पनि गरेका थिए ।
‘ म पूर्वी रुकुमा आउने करिब निश्चित भएको छ ,’ उनले भने ‘ पूर्वी रुकुममा आउने भनेको पश्चिम रुकुममा पनि आउने नै हो । बिगतमा यो एउटै रुकुम हो ।’
कार्यक्रमलाई सम्बनेधन गर्दै नेकपाका सहसंयोजक माधव नेपाललले जर्नादनलाई लक्षित गर्दै ‘भिरमा जाने गाईलाई रामराम भन्न सकिने तर काध थाप्न नसकिने’ बताएका थिए । देशभर आफुहरुको पक्षमा लहर छाएको तथा माहोल बनिरहेको उनीहरुले दाबी गरेका थिए ।
शनिबार आयोजित नेकपाको एकता सभालाई ‘एकता सभा’ भनिएपनि जनार्दन पार्टीबाट अलग्गिए पछिको अवस्थामा साविक माओवादीको ठूलो शक्ति आफ्नो पक्षमा रहेको देखाउन जनसभाको आयोजना गरिएको धेरैको मत छ ।
बिभिन्न ठूला–साना दलसंग एकता गर्दै साविक नेकपा माओवादी केन्द्र नेकपामा रुपान्तरण भएपछि रुकुम पश्चिममा पहिलो पटक ‘एकता सन्देश सभा’ को आयोजना गरेको हो ।
तत्कालिन माओवादी केन्द्रका उपमहासचिव एवम् २०६४ पछिका सबै आम निर्वाचन मामाओवादी केन्द्र बाट रुकुम पश्चिम बाट निर्वाचित हुदैं आएका जनार्दन चुनौति उठाएरै एकता पछि बनेको नेकपातर्फ नगइ प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका थिए ।
त्यही भएर पूर्व माओबादीको आधार क्षेत्र मानिने रुकुम पश्चिममा जनार्दन फूटको ठूलो चिरा देखिएको छ ।
एक महिनाअघि मात्रै जनार्दनको उपस्थितिमा प्रलोपाले सदरमुकाम खलंगामै ‘युवा प्रशिक्षण’ को नाममा यस्तै कार्यक्रम मार्फत आफ्नो शक्ति पर्दशन गरेको थियो ।
जर्नादन पक्षधरहरुले पनि पार्टी कार्यालय स्थापनादेखि गाउँतहसम्म संगठन विस्तारको कामलाई तीब्र पार्दै लगेका छन् । रुकुम पश्चिममा पूर्व माओबादीका दुबै पक्ष फुटेपछि आफ्नो शक्ति देखाउने होडबाजी जस्तै चलेको छ ।
आसन्न निर्वाचनमा रुकुम पश्चिमबाट नेकपाले पूर्व कर्णाली प्रदेश सांसद तथा मन्त्री गोपाल शर्मालाई सिफारिस गरेको छ भने प्रलोपाले जनार्दनलाई नै चुनाबी मै