तुलसीपुर, पुस १२ । साबिक नेकपा (माओबादी केन्द्र) ले दाङ बाट समानुुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ।
दाङबाट महिला मगर जनजाती तर्फमा भिमकुुमारी बुढा मगर, थारु अपाङ तर्फ रामबहादुर दहित, खसआर्य तर्फ शेषुुराम भण्डारी, थारु पुुरुष तर्फ प्रकाश चौधरी, जनजाती पुुरुष तर्फ उदय जिएम, दलित महिला तर्फ पुुनम शेरपाईलीको नाम सिफारिस गरेको छ ।
त्यस्तै खसआर्य घाईते तर्फ ईश्वरी पाण्डे, मधेसी पुुरुष तर्फ मिश्रीलाल गुुप्ता, अल्पसंख्यक/लोपोन्मुुख तर्फ लिला कुमाल, खसआर्य महिला तर्फ गंगा पाण्डे, मुुस्लिम पुरुष तर्फ कुुत्बुुद्धिन फारुकी , दलित घाइते पुरुष तर्फ चुुडामणि नेपाली , महिला शहिद परिवार तर्फ शुुसिला चौधरी र नवयुवा शहिद परिवार तर्फ एमेशन चौधरी सहित १४ जनाको नाम समानुुपातिक उम्मेदवारका लागि सिफारिस गरेको साबिक नेकपा (माओवादी केन्द्र) का सचिव विश्वराज आचार्यले बताए ।
उक्त पार्टीका साबिक जिल्ला सचिव आचार्यले पार्टी एकता पछि नेपाली कम्युनिष्ट पार्टीको ल््िलामा संगठनिक संरचना पूर्ण नभएको हुँदा कार्य दल मार्फत पार्टीको आन्तरिक कामकाज गरिरहेकाले पार्टीको केन्द्रीय सुझाव अनुुसार पार्टी एकतामा गाभिएका सबै कम्युुनिष्ट घटकहरुले आ–आफ्नो तर्फवाट समानुपातिक उम्मेदवारको नाम सिफारिस गरिएको बताए ।
एकतामा सामले भएकाले सबै दलहरुले उम्मेदवारको नाम आफ्नै पूर्ववत संरचनामा सिफारिस गर्ने भएका छन् ।
साबिक माओबादी केन्द्रका जिल्ला सचिव आचार्यका अनुसार आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको नाम सिफारिस गरिने भएको छ ।