दाङ, पुस ९ । दाङ प्रहरीले पछिल्लो समय बालुवा गिट्टी चोर्ने साधन माथिको कारबाही तीब्र पारेको छ ।
पछिल्लो समय खोला तथा नदी जन्य पदार्थ चोरी निकासीमा संलग्न १९ ट्रयाक्टर र २ टिप्पर नियन्त्रणमा लिएर प्रहरीले आर्थिक जरिवनापछि छोडेको छ ।
१९ ट्याक्टरदलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गराउँदा तीन लाख ९३ हजार दुई सय ३६ रुपैयाँ र दुई वटा टिप्परलाई कारबाही गर्दा एक लाख रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले बताए ।
२१ सवारी साधनहरु माथि कारबाही गर्दा चार लाख ९३ हजार दुई सय २६ रुपैयाँ राजश्व थपिएको शाहले बताएका छन् ।
प्रहरीले पुस १ गतेदेखि ९ गतेको अवधिमा ती सवारी साधन नियन्त्रणमा लिएको थियो ।
प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
