२०८३ भाद्र १० गते बुधवार

निजी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने माथि कारबाही हुनुपर्छ – अनुराग खड्का

तुलसीपुर, मंसिर १० । लुम्बिनी प्रदेशसभा सदस्य अनुराग खड्काले जेनजी आन्दोलनका नाममा निजी सम्पत्ति माथि तोडफोड र आगजनी गर्नेहरु माथि कारबाही हुनुपर्ने बताएका छन् ।

बुधबार तुलसीपुर क्षेत्रका बिभिन्न नेताहरुका निजी घर तथा सम्पत्ति तोडफोड बारे अवलोकन गर्दै नेपाली काँग्रेसका युवा नेतासमेत रहेका प्रदेश सभा सदस्य खड्काले त्यस्तो बताएका हुन ।
काँग्रेस युवा नेता खड्काले नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी, लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीको रिसोर्टको अवलोकन गरेका थिए ।


जेनजी आन्दोलनका माग नजाएज नभएपनि ब्यक्तिगत सम्पत्ति माथिको तोडफोड र आगजनी निन्दनी रहेको भन्दै उनले त्यसमा संलग्न ब्यक्तिहरुको पहिचान गरि कारबाही गर्न राज्य चुक्न नहुने उनले बताएका थिए ।


आन्दोलनका नाममा निजी निवास, रिसोर्ट लगाएका संरचनामा तोडफोड, चोरी, लुटपाट र आगजनी गर्नेहरु माथि कारबाही नभए भविश्यमा फेरि यस्ता घटना दोहरिन सक्ने खतरा उनले औंल्याएका थिए ।


काँग्रेस महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे (अरुण) लगाएतका युवाहरु प्रदेशसभा सदस्य खड्का संग जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका बिभिन्न नेताहरुका निजी निवास तथा संरचनाहरु अनुगमनका लागि पुगेका थिए ।

अनुरागले तुलसीपुरमा रहेको ललितजंग शाह लगाएतले मिलेर खोलेको जिम क्लबपनि अनुगमन गरेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *