तुलसीपुर , कात्तिक २७ । इलाका प्रहरी कार्यालय नारायणपुरमा तोडफोड, तुटपाट र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका – १० उत्तर अम्राइका ३४ बर्षीय रमेश चौधरी रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते इप्रका नारायणपुरमा तोडफोड र आगजनी भएको थियो । चौधरी बिरुद्ध अपराधिक प्रबेश र अपराधिक उपद्रब सम्बन्धि कसुरमा थप अनुसन्धान भइ रहेको डिएसपी शाहले बताएका छन् ।
चौधरीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले बिहीबार अनुमति प्रदान गरेको छ ।
इप्रका नारायणपुरको नयाँ भवन बनाउन स्थानीले आपसमा चन्दा तथा सहयोग संकलन अभियान चलाएका छन् ।
प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
