२०८२ मङ्सिर २३ गते मङ्गलवार

फेरि केपी ओलीलाई अध्यक्ष बनाएर देखाउँछौं – महेश बस्नेत

तुलसीपुर, कात्तिक २७ । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य महेश बस्नेतले फेरि केपी ओलीलाई महाधिवेशन मार्फत अध्यक्ष बनाएर देखाउने बताएका छन् ।

तुलसीपुरस्थित बिएसएस पार्टी प्यालेसमा बिहीबार राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको युवा जागर अभियानलाई सम्बोधन गर्दै नेता बस्नेतले त्यस्तो बताएका हुन ।

अहिले सबै भन्दा बढी प्रहार एमाले र अध्यक्ष ओली माथि रहेको हुँदा यतिखेर ओलीको बिकल्प खोज्नु अपराधिक कुरा हुने उनले जिकिर गरे ।

अध्यक्ष ओलीको बिकल्प खोज्ने कुरा लोकतन्त्र नभइ आन्तरिक रुपमा अपराधिक कुरा हुने उनले बताए ।
आउने अधिबेशनमा अध्यक्ष ओलीलाई फेरि अध्यक्ष बनाएर सबैलाई देखाइदिने दाबी गरे ।


आउने महाधिबेशन मार्फत केपी ओलीलाई अध्यक्ष अन्तराष्ट्रिय सामराज्यबादी शक्तिका साथै नेपाल भित्रका पनि देश द्रोहीहरु तथा अपराधिहरुलाई देखाउने उनले बताएका थिए ।


नेता बस्नेतले एमाले भित्रको घार भित्रको रानो केपी ओली भएको बताए । केपी ओलीलाई कमजोर बनाएर एटक्याक गरेर दुःख दिएर एमाले समाप्त गर्ने बिदेशी तथा स्वदेशी डिजाइनलाई कुनैपनि हालतमा सफल हुन नदिने बस्नेतले बताए ।


‘रानो माहुरी एक्टिभ भएसम्म नयाँ माहुरी नयाँ रानो बन्न खोज्यो भने अरु सबै माहुरी मिलेर त्यो बन्ने खोज्ने माहुरीलाई टोक्दिन्छ र बन्न दिदैन,’ उनले भने ‘ रानो माहुरी कमजोर भयो भने नयाँ रानो माहुरी बनाउनका निमित्त सबै कामदार माहुरीहरु मिल्छन् र रोयल हनी खुवाउँछन् ।’


नेकपा एमाले भित्रको रानो केपी ओली भएको भन्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई सबैले कमजोर बनाउन खोजेको अवस्थामा कार्यकर्ताले रोयल हनी खुवाउनु पर्ने समय आएको बस्नेतले बताए ।
‘ केपी ओलीलाई हामी कार्यकर्ताले रोयल हनी खुवाएर बलियो रानो बनाउने हो र बलियो एमाले बनाउने हो,’ बस्नेतले भने ‘ फेर राष्ट्रियताको पक्षमा जागरण चलाउने हो ।’
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीका कार्यबहाक संयोजक सन्तोष वलीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *