२०८२ मङ्सिर २२ गते सोमवार

अहिले संविधानले नचिनेको र स्वीकार नगर्ने खालको सरकार मुलुकमा छ – प्रदीप ज्ञवाली

तुलसीपुर , कात्तिक २७ । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले अहिले मुलुकमा संविधानले नचिनेको र संविधानले स्वीकार नगर्ने खालको सरकार रहेको बताएका छन् ।


तुलसीपुरस्थित होटेल वष्टर्न प्यालेसमा बिहीबार बिहान प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले लोकतन्त्रको सबै भन्दा बलियो आधार भनेको जननिर्वाचित सरकार भएको बताए ।

‘तर, जननिर्वाचित सरकार विस्थापित गरेर संविधानले जुन जुन पात्रहरुलाई प्रधानमन्त्री बन्न मन्त्री बन्न निषेध गरेको छ उहाँहरुलाई संविधानलाई मिचेर सरकारको नेतृत्वमा ल्याइएको अवस्था छ,’ ज्ञवालीले भने ‘ यो लोकतन्त्र धरापमा परेको संविधान संकटमा परेको र राष्ट्रियतामा समेत अनेकौं खालका जोखिमहरु चुनौतिहरु खडा गरिएको नेपाललाई एउटा डरलाग्दो भू–राजनीतिक भूमरीमा फसाउन लागिएको निष्कर्षका साथ त्यसलाई रोक्न एमाले जस्तो पार्टी सडकमा उत्रिनु पर्छ ।’

जनताको दबाब र जनताको बलमा मात्रै लोकतन्त्रको रक्षा हुन सक्छ भन्ने निषकर्षका साथ एमालेले पर्दशनहरु गर्दै आएको उनले बताए । कात्तिक २२ गते मुलुक भरका अधिकाँस वडामा जनपरिचालन गरेको, कात्तिक २५ गते पालिकाहरुमा ती कार्यक्रहरु गरेको र कात्तिक २९ गते देशका सबै जिल्ला सदरमुकाममा कार्यक्रम गर्न थालिएको उनले जानकारी दिए ।


‘एमालेले लोकतन्त्र संकटमा भएको हुनाले सबै जनताहरु जगरुक हुनुहोस, लोकतन्त्र बिरोधि सबै गतिबिधिहरुलाई खबरदारी गर्नुहोस र देशको संविधान सिध्याउने र एउटा राजनीतिक शून्यता तिर लगेर संकटको भूमरीतिर फसाउने यो प्रयत्न रोक्नुहोे भन्ने हो,’ ज्ञवालीले भने ।

सोही सन्देशसहित यतिबेला एमाले जनपर्दशनमा रहेको उनले बताएका थिए । अन्य राजनीतिक पार्टीहरुलाई पनि लोकतन्त्र संकटमा परेको बेला आँफु भिन्नका मत भिन्नताहरु थाँति राखेर, आँफु भित्रका समस्याहरुलाई सकारात्मक ढंगले सम्बोधन गर्दै एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरेका थिए ।

प्रेस चौतारी नेपाल दाङ शाखा अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मनतब्य संगठनका तुलसीपुर नगर कमिटी अध्यक्ष वशन्त परियारले गरेका थिए भने कार्यक्रमको सहजीकरण संगठनका जिल्ला सचिव निमु संगम घर्तीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *