२०८२ मङ्सिर २२ गते सोमवार

घोराहीमा जिल्ला अदालत र ट्राफिक कार्यालय तोडफोड गर्ने थप ५ जना पक्राउ

तुलसीपुर, कात्तिक २६ । दाङ जिल्ला अदालत र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड र आगजनी गरेको आरोपमा थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तोडफोड र आगजनी गरेको भन्दै प्रहरीले तुलसीपुर उपमहानगरपालिका – १ भम्के घर भइ घोराही उपमहानगरपालिका – १५ ट्राफिक चोक डेरा गरी बस्ने २५ बर्षीय नविन नेपाली, अर्घाखाँचीको छत्रदेव गाउँपालिका –ं७ काउले घर भइ घोराही – १४ नयाँ वजारमा डेरा गरि बस्दै आएका ३७ बर्षीय कृष्ण पाण्डे रहेका छन् ।

त्यसतै जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड र आगजनी गरेको आरोपमा घोराही – १५ मिलनचोकका – १८ बर्षीय हैदर अली, सोही वडाका ३० बर्षीय आकाश गिरी र घोराही – ३ भानपुरका ४७ बर्षीय बसन्त अधिकारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार जिल्ला अदालतले सबैलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


पक्राउ परेका सबै बिरुद्ध आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धि कसुरमा मुद्दा चलाउने गरि अनुसन्धान भइ रहेको डिएसपी शाहले बताए ।

यसअघि कात्तिक २३ गते जिल्ला अदालत र ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनी गरेको आरोपमा थप नौं जनालाई पक्राउ पछि सार्वजनिक गरेको थियो ।

हालसम्म प्रहरीले तोडफोड, चोरी र आगजनीमा संलग्न रहेको आरोपमा १९ जनालाई पक्राउ पछि सर्वाजनिक गरि सकेको छ ।

घोराही –१५ का २४ वर्षीय सुनिल थापा मगर, २४ वर्षीय कुनाल श्रेष्ठ, २४ वर्षीय इनाहित कुरेसी, १८ वर्षीय टेकम डाँगी र १८ वर्षीय विवेक पुन मगर पक्राउ पछि सर्वाजनिक गरिएका थिए ।

त्यस्तै घोराही–१३ का २९ वर्षीय महेश घिमिरे, घोराही–९ ढिकपुरका ३४ वर्षीय शरद बस्नेत र सल्यानको क्षत्रेश्वरी गाउँपालिका–४ का २६ वर्षीय अमरबहादुर वली पक्राउ परेका थिए ।

दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार उनीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, लुटपाट, चोरी र आगजनी गरेका थिए ।

त्यस्तै घोराही–१५ भानुचोकस्थित प्रहरी बिटमा ढुंगामुढा, तोडफोड तथा आगजनी गरेको आरोपमा घोराही–१३ का २५ वर्षीय सन्दीप घर्ती पनि पक्राउ परेका थिए ।

उनीहरु सबैलाई हिरासतमा राखेर अनुसन्धान भइ रहेको एसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *