२०८२ मङ्सिर २२ गते सोमवार

गढवाबाट खाद्यले दुई दिनमै किन्यो पाँच सय ५७ क्विन्टल धान

किसान खुसी

तुलसीपुर , कात्तिक २६ । दाङ देउखुरी क्षेत्रका किसानले यतिखेर धमाधम खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई उत्पादित धान बेची रहेका छन् ।


गढवा गाउँपालिका–४ रामनगरका किसान रामनिवास यादवले यो बीचमा सरकारले तोकेको प्रतिक्विन्टल तीन हजार चार सय ६३ रुपियाँ ८१ पैसाका दरले ४० क्विन्टल धान बिक्री गरि सकेको बताए ।

गाउँमा व्यापारीले दूई हजार पाँच सय रुपैयाँ क्विन्टलमा धान खरिद गर्ने भएपनि खाद्यले चार हजार चार सय ६३ रुपैयाँका दरले धान खरिद गरि दिदा आँफुहरु जस्ता किसान खुसी भएको उनले बताए ।

‘हाम्रो पसिनाले मूल्य पाएको आभास भएको छ,’ उनले भने ‘ यतिखेर राज्यले धानको मूल्य तोक्दा हामीलाई फाइदै भएको छ ।’
सोही ठाउँका तुलसीराम यादव पनि धानले राम्रो मूल्य पाएकोमा खुसी छन् । उनले ३५ क्विन्टल धान खाद्यलाई बिक्री गरेको बताए ।


‘खाद्यले गाउँमै आएर ब्यापारीको भन्दा उच्च मूल्य दिएर धान खरिद गरिएको छ,’ उनले भने ।

किसानको बिक्री गर्ने धान धेरै भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र गढवा गाउँपालिकाको बीचमा एृक जना किसान बाट बढीमा ४० क्विन्टलसम्म धान खरिद गर्ने सहमति भएको छ । सोही अनुसार खाद्यले किसानको धान खरिद गर्दै आएको हो ।


किसानले उत्पादन गरेको धान बिक्रीका लागि गाउँपालिकाले सहजीकरण गर्दै आएको छ ।

गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले गरेपनि केन्द्रबाटै खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई निश्चित कोटा निर्धारण गरि दिएको हुँदा किसानलाई निश्चित मात्रामा मात्रै धान बिक्रीका लागि आग्रह गर्नु परेको बताइन ।
चौधरीका अनुसार गढवामा १६ हजार क्विन्टलसम्म धान उत्पादन हुने गरेको बताइन ।

खाद्यले यो वर्ष गढवा बाट दुई हजार क्विन्टल मात्रै धान खरिद गर्ने निर्णय गरेको छ ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरकी शाखा प्रमुख तुलामाया लोवाले कोटा प्रणालीका कारण किसानले बिक्री गर्न चाहे जति जम्मै धान खरिद गर्न नसकिएको बताइन ।


केन्द्रले दिएको पाँच हजार क्विन्टलको कोटा मात्रै खरिद गर्न अनुमति दिएको र त्यसमध्य गढवा गाउँपालिकाबाट दुई हजार क्विन्टल, लमही नगरपालिका र राप्ती गाउँपालिकाबाट १५/१५ सय क्विन्टलका दरले धान खरिद गर्ने उनले जानकारी दिइन ।


ब्यापारी भन्दा राज्यले तोकेको मूल्य बढी हुने र त्यही भएर सबै किसानले खाद्य संगै धान बेच्न चाहेको भएपनि निश्चित कोटाका कारण सबै धान खरिद गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिइन ।

दुई दिनमा खाद्यले गढवाबाट पाँच सय ५७ क्विन्टल धान खरिद गरि सकेको छ । पहिलो दिन एक सय ७० क्विन्टल र दोस्रो दिन तीन सय ५७ क्विन्टल धान खाद्यले किसान बाट खरिद गरेको हो ।

खाद्यले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गरि रहेको हो ।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *