
तुलसीपुर, कात्तिक २५ । नेकपा (एमाले) ले मंगलबार दाङका तुलसीपुरसहित बिभिन्न पालिकाहरुमा प्रदर्शन सुरु गरेको छ ।
पर्दशनमा सहभागीहरुले मूख्य गरि बिघठित प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेका छन् ।
एमालेको केन्द्रीय नीति अनुरुप मुख्य माग संविधानको रक्षा र प्रतिनिधि सभाको पुनः स्थाना रहेका छन् ।
प्रतिनिधि सभा बिघटन हुनुलाई एमालेले प्रतिगमन भन्दै त्यो पुनःस्थापना हुनु पर्ने माग जोडदार पूर्वक उठाउँदै आएको छ ।
एमालेले तुलसीपुरमा कात्तिक २७ गते भातृ संगठन युवा संघको लुम्बिनी प्रदेशस्तरिय सभा गर्ने तयारी गरि रहेको छ । त्यस्तै एमालेले कात्तिक २९ गते जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
त्यस्तै उस्ले मंसिर ६ गते भने काठमाडौंमा प्रदर्शन गर्ने जनाएको छ । आगामी मंसिर २७ गते एमालेले शक्ति प्रदर्शन गरिने जनाएको छ । एमालेको ११ औं महाधिवेशन मंसिर २७, २८, २९ गते काठमाडौंमा आयोजना हुँदै छ ।
