२०८२ मङ्सिर २२ गते सोमवार

गुल्मीका दानबहादुर कार्की प्रहरी प्रमुखमा नियुक्त

दाङ, कात्तिक २५ । नेपाल प्रहरीको ३३ औं आइजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी बाट कार्कीलाई आइजिपीमा नियुक्त गरेको हो ।
आइजिपी चन्द्रकुबेर खापुङले कात्तिक २६ गतेदेखि अनिवार्य अवकासमा जाँदै छन् ।

कार्की गुल्मीका हुन । २०२९ साउन १५ गते मालिका गाउँपालिका घमिरमा जन्मिएका उनी २०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।

कार्कीले मानविकी तथा समाजशास्त्र, शिक्षा शास्त्र र कानून संकाय विषयमा स्नातक तह अध्ययन गरेका छन । त्यस्तै राजनीति शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *