दाङ , कात्तिक २४ ।बर्दिया प्रहरीले तीन युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
जिल्लाको बढैयाताल गाउँपालिका – ७ कर्णालीपुरमा बाँकेको बैजनाथ गाउँपालिका – ३ उत्तर लधौराका २६ बर्षीय सुरेन्द्र थारु र २५ बर्षीय रमेश थारु पक्राउ पक्राउ परेका छन् ।
उनीहरुको साथबाट २ ग्राम ४८० मिली ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी देबेन्द्रकुमार मल्लले जानकारी दिएका छन् ।
उनीहरु छिमेकी देश भारतको बलई गाउँबाट नेपाल प्रबेश गर्ने क्रममा खान तलासी गर्दा ब्राउन सुगरसहित आइबार बेलुकी पक्राउ परेका थिए ।
त्यस्तै प्रहरी चौकी महम्मदपुर बाट खटिएको प्रहरी टोलीले आइतबार बेलुकी थप एक जना युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
गुलरिया नगरपालिका – ११ गणेशपुरबाट ठाकुरबाबा नगरपालिका – ६ का १८ बर्षीय जीवन थापा पक्राउ परेका थिए ।
उनी पनि भारत बाट नेपाल तर्फ आउँदै थिए । उनको साथ बाट १ ग्राम २२० मिली ग्राम ब्राउन सुगर बरामद भएको डिएसपी मल्लले जानकारी दिए ।
पक्राउ परेका तीनै जनलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतले थुनामा राखेर अनुसन्धान गर्न समय दिएको प्रहरीले जानकारी दिएको छ ।
