२०८२ मङ्सिर २३ गते मङ्गलवार

लौह पुरुष गणेशमानको १११औं जन्मजयन्ती

दाङ, कात्तिक २४ । नेपाली काँग्रेसका संस्थापक नेता तथा जनआन्दोलन – २०४६ का सर्वौच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

पार्टी माथि प्रतिबन्ध रहेको समयमा २०४६ मा गणेशमानले आफ्नै घरमा सर्वदलिय बैठक राखेर जनआन्दोलनको नेतृत्व गरेका थिए ।

त्यो आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव गणेशमानले अस्विकार गर्दै नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए । जस्लाई आज पनि नेपाली राजनीतिमा त्यागको उच्च नमूना मान्ने गरिन्छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंहको बेग्लै पहिचान छ ।
खानदानी परिवारमा जन्मिएका गणेशमानले वि.सं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य बनेका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि भद्रगोल जेल तोडेर भाग्न सफल गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाउ आन्दोलनमा सक्रिय थिए। जेल तोडेर भागी भारत पुगेपछि नेता बिपी कोइरालासँग गणेशमानको भेट भएको थियो ।

त्यसपछि वि.सं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा गणेशमान आवद्ध भएका थिए । १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो।

पहिलो संसदीय निर्वाचन २०१५ मा भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ मा तत्कालीन राजा महेन्द्रले कू गरे पछि आठ वर्ष निरन्तर जेल जीवन बिताएका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *