दाङ, कात्तिक १७ । दाङमा २० बिद्यालयलाई पाँच सय फूटवल वितरण गरिएको छ ।
फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तरगत सोमबार बिहान अरणिको मैदानमा आयोजित कार्यक्रममा जिल्लाका सामुदायिक र संस्थागत गरि २० विद्यालयलाई जनही २५ का दरले फूटबल वितरण गरिएको हो ।
अखिल नेपाल फुटबल संघ –एन्फाको सहयोग र दाङ जिल्ला फुटबल संघको आयोजनामा फूटबल वितरण कार्यक्रम भएको हो ।
अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङले फूटवल वितरण कार्यक्रमलाई सम्बोन गर्दै तल्लो तहबाट फूटबलको बिकास र फूटवलका नयाँ खेलाडी उत्पादन गर्न कार्यक्रमले सघाउ पुग्ने बताए ।
फिफा फुटबल फर स्कुल कार्यक्रम अन्तर्गत बालबालिकालाई फुटबल प्रशिक्षण गराउने कार्यक्रमसहित फूटवल वितरण गरिएको हुँदा त्यसले नयाँ र प्रतिभावान खेलाडी उत्पादनमा सहयोग पुग्ने उनले आशा ब्यक्त गरे ।
दाङ जिल्ला फूटवल संघका अध्यक्ष संजात धितालले बिगतमा माग गरिएको आबेदनका आधारमा फारम भरेका बिद्यार्थीलाई फूटवल वितरण गरिएको हुँदा सम्बन्धित विद्यालयका बालबालिकालाई फूटबल खेती प्रति आकर्षित हुने विश्वास ब्यक्त गरे ।
कार्यक्रमको सहजीकरण जिल्ला फूटवल संघका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।
