२०८३ साउन २४ गते आइतवार

गाडी दुर्घटनामा तीन जनाको मृत्यु, चार जना घाइते

दाङ, कात्तिक १२ । रूपन्देहीमा भएको गाडी दुर्घटना परि तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।


दुर्घटनामा रूपन्देहीको कञ्चन गाउँपालिका – ५ का ४३ वर्षीय जितेन्द्र थापा, ४२ वर्षीय खेम विक र सैनामैना नगरपालिका – ८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्यको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

उपचारका क्रममा उनीहरुको कपिलवस्तुको पिपरा अस्पताल राति नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार राति करिब १० बजेतिर रूद्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको गाडी कञ्चन गाउँपालिका – ५ फायरलाइनस्थित भित्री सडक खण्डमा दुर्घटनामा परेको थियो।


घाइते चार जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

गाडी अचानक अनियन्त्रित भई सडक किनारको रूखमा ठोक्किए पछि तीन मिटर तल खसेको थियो।
तीव्र गतिको गाडी नियन्त्रित भइ रुखमा ठोक्किएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *