२०८३ असार १४ गते आइतवार

पहिरोले मोटरसाईकल र चालकलाई तिनाउ खोलामा खसाल्यो

बुटवल, असार २८ । तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै गुडिरहेको एउटा मोटरसाईकल पहिरोले तिनाउ खोलामा खसेको छ । लु ५० प ४६७१ मोटरसाइकलको नम्बर मोटरसाइकल पहिरोले खोलामा खसालेको छ ।

मोटरसाइकलको नजिकै एक जना व्यक्तिको हात पहिरो र ढुङ्गाले च्यापिएको अवस्थामा देखिएको भएपनि उनको उद्धार हुन सकेको छैन । भौगोलिक कठिनाईका कारण उद्धारमा समस्या भइरहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी उद्धारको प्रयास भने जारी रहेको पनि प्रहरीले बताएको छ ।

मोटरसाईकलमा सवार व्यक्ति को हुन र कतिजना सवार थिए भन्ने अझैं पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ ।

पहिरोले उछिट्याएर मोटरसाइकल तिनाउ खोलामा झरेको र उद्धारको लागि प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *