२०८३ असार २७ गते शनिवार

सल्यानका युवालाई संसदीय अभ्यास सिकाउँदै विद्यार्थी

तुलसीपुर, असोज ७ । यतिबेला सबैतिर कलेजमा दशै तिहारको विदा छ । विद्यार्थी खुसी पूर्व पर्व मनाउन गाँउ घरमा पुग्न आतुर छन ।

यही बीचमा तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी अध्ययनरत विद्यार्थी भने गाउँ घरमा पुगेर युवालाई संसदीय अभ्यास सिकाइ रहेका छन् ।

अभियानको पहिलो चरण अन्तर्गत सल्यानका एक सय २० युवालाई नमुना युवा संसद मार्फत संसदीय अभ्यास गराइएको विद्यार्थी दुर्विन वलीले बताए । युवा जागरण माध्यमिक विद्यालय झुल्नेटामा अध्ययरत विद्यार्थीलाई तीन दिनसम्म नमुना संसदीय अभ्यास कार्यक्रम गरिएको बताए ।

त्रिवेणी गाउँपालिकाको सभाहलमा पनि त्यस्तै नमुना युवा संसदीय अभ्यास भएको  इन्द्र खत्रीले जानकारी दिए । उनले नेपालको संसदीय अभ्यासमा हुने कुराहरुलाई नमुनाका रुपमा प्रस्तुत गरिएको बताए । 

नमुना युवा संसदमा नमुना शिक्षा विधेयक बनाएर छलफल गरिएको विद्यार्थी हसिना बुढा मगरले बताइन । विधेयक कसरी प्रस्तुत गर्ने र त्यसका कसरी आफ्ना विचारहरु राख्ने भन्ने बारेमा छलफल भएको पनि उनले बताइन ।  

  कार्यक्रम त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले विद्यार्थीलाई नमुना संसदीय अभ्यासका बारेमा जानकारी गराएको भन्दै धन्यबाद दिएका थिए ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *