२०८३ असार १३ गते शनिवार

मलेसियामा एक नेपालीको मृत्यु


कोहलपुर, असार २६ । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बाँके नेपालगन्जका एक युवाको मृत्यु भएको छ । नेपालगन्जका निवासी दिनेश पौडेलको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यु भएको हो । मलेसियाको पोटकेलाङस्थित वस्पोट नजिकै काम सकेर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यु भएको जानकारी दिइएको छ ।

बिगत २ बर्ष देखि पोटकेलाङको गोज एण्ड डोम इन्टर्प्राइजेज एसडिएन बिएचडी कम्पनीमा कार्यरत पौडेलको बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिदा मंगलबार बिहान मृत्यु भएको थियो । उनको शवं पोस्टमार्टमको लागी केलाङ हस्पिटलमा लगिएको मलेसियाबाट पुरुषत्वम कार्की जानकारी दिए । उनका अनुसार आवश्यक कागजात र कानुनी प्रक्रिया पु¥याई पौडेलको शवंलाई नेपाल पठाउने प्रक्रियामा कम्पनी लागेको छ ।

प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *