२०८२ कार्तिक २२ गते शनिवार

गोहीको आक्रमण गरेका किशोरको शब ५ दिन पछि फेला

दाङ, साउन २५ । खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परेका एक जना किशोरको शब पाँच दिन पछि फेला परेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक साउन २० गते दिउँसो पौडी खेल्ने क्रममा मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई मगर गोहीले आक्रमण गरेको थियो ।


थारुको अंग भंग युक्त शब साउन २४ गते दिउँसो फेला परेको । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले थारुको दुई वटा हात, एउटा खुट्टा भने फेला नपरेको बताए ।


घटनास्थलदेखि झन्डै साढे २ किलोमिटर दक्षिणमा थारुको शब फेला परेको हो । थारुको शब पोष्ट मार्टम पछि अस्पताल लगिएको छ ।


राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीहरुको प्रयोग गरि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयले निरन्तर थारुको खोजी गर्दै आएका थिए ।


थारु अरु दुई जना साथीहरु संगै गत मंगलबार हात्तीसार नजिकको खोलामा पौडी खेल्न गएको समयमा मगर गोहीले आक्रमण गरेको अन्य साथीहरुले प्रत्यक्ष देखेका थिए ।

यो पनि हेर्नुहोस :-

गोहीको आक्रमणमा परि बेपत्ता युवाको खोजी गर्न हात्ती परिचालन

तीन दिन अघि गोहीको झम्टिएर पानी भित्र लगेका युवकको खोजी जारी

प्रकाशित मिति : २०८२ साउन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *