
दाङ, असोज २४ ।
बर्दिैयामा आक्रमण बाट एक जना महिलाको गोहीको मृत्यु भएको छ ।
जिल्लाको मधुवन नगरपालिका – ३ कोठियाघाटस्थित कर्णाली नदीमा माछा मार्न गएकी स्थानीय ५१ बर्षीया पुष्पा लामिछानेको गोहीको आक्रमण बाट मृत्यु भएको हो ।
जिल्लाका प्रबक्ता डिएसपी रेशम बोहराका अनुसार लामिछाने शुक्रबार बिहान सात बजेतिर कर्णाली नदीमा एक्लै माछा मार्न भनेर गएकी थिइन । लामिछाने अवेर सम्म घर नर्फिए पछि उनको खोजी सुरु भएको थियो ।
शुक्रबार दिउँसो स्थानीयले नदीमा गोही हिडी रहेको देख्नुका साथै गोही सँगै मानिसको टाउकोसमेत देखेका थिए ।
प्रहरीलाई त्यो सूचना स्थानीयले दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना, बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीसहितको टोली ढुँगाको साहेतामा खोज तथा उद्धारका लागि खटिएका थिए ।
सो टोलीले राति सवा १० बजेतिर मात्रै लामिछानेको शब घटनास्थल नजिकै पानीमा तैरिरहेको अवस्थामा फेला पारेको थियो ।
शब पोष्ट मार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ ।
त्यसको अघिल्लो दिन बिहीबार मध्य रातिमा मात्रै राजापुर नगरपालिका–३ चख्खापुरमा चितुवाको आक्रमणमा बाट ४८ वर्षीय मंगल थारुको मृत्यु भएको थियो ।
बिहीबार राति अबेरसम्म आफ्नो टेलरिङ पसलमा काम गरी उनी राजापुरको तिघ्रास्थित भित्री बाटो हुँदै पैदल घरतर्फ जाँदै गर्दा चितुवाको आक्रमणमा परेका थिए ।
