दाङ, साउन १२ । दाङका तीन पालिकाले साउन १३ गते सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका दश मध्य देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन ।
मंगलबार पहाडीया समुदायले नगपञ्चमी, थारु समुदायको गुरही पर्व र यादव समुदायले गुडिया पर्व मनाउने गर्छन ।
त्यसैले यी पालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना मार्फत जानकारी दिएका छन् ।


प्रकाशित मिति : २०८२ साउन १२ गते सोमवार