दाङ, साउन ११ । सुतिरहेकी श्रीमतिको हत्या गर्ने श्रीमान मध्य राति पक्राउ परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगर नगरपालिका – १३ सुगर खोलाका ४२ बर्षीय दानसिंह ठाडा मगर मध्य राति पक्राउ परेका हुन ।
उनले सुतिरहेकी आफ्नी ४० बर्षीया श्रीमति रबिना ठाडा मगरको हत्या गरेका थिए ।
राति पौने दूई बजेतिर सुतिरहेकी श्रीमतिमाथि एक्कासी खाटको खुट्टा बनाउनलाई राखेको काठले टाउको प्रहार गर्दा रबिनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
स्थानियले खबर गरेपछि आइतबार बिहान साढे दुई बजेतिर अस्थायी प्रहरी बिट कहरेखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
राजन प्रसाद भट्टराईको कमाण्डमा पुथेको १० जनाको प्रहरी टोलीले श्रीमतिको हत्या गर्ने दानसिंह ठाडा मगरलाई नियन्त्रणमा लिएको थियो ।
श्रीमति हत्याको घटनाबारे पक्राउ परेका श्रीमान माथि थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।
