
तुलसीपुर, साउन ८ । तुलसीपुरकी उपमेयर श्यानी चौधरीको संस्थाका लागि ५० लाख बजेट बिनियोजित गरिएकोमा नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ इकाइ समितिले बिरोध जनाएको छ ।
काँग्रेस वडा नं. ५ का सभापति नबीन बुढाथोकीले बिहीबार बिज्ञप्ति जारी गर्दै पहुँचको भरमा उपमहानगरपालिकाले ५० लाख बजेट दिनु बजेको दुरुपयोग भएको उल्लेख गरेका छन् ।
वडा सभापति बुढाथोकीले ८ / १० जना बच्चा पालन पोषणका नाममा त्यति ठूलो बजेट पहुँचकै आधारमा छुट्याइएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।
तुलसीपुरकी उपमेयर चौधरीले असार १० गते नगर सभाको १७ औं अधिवेशनमा चालु आर्थिक वर्ष २०८२ / ०८३ का लागि दुई अर्ब ६ करोड बराबरको बजेट प्रस्तुत गरेकी थिइन ।
उपप्रमुख चौधरीले असार १० गते कुल १७ पृष्ठ लामो बजेट प्रस्तुत गर्दा बक्तब्यको पृष्ठ नम्बर ७ को बुँदा नम्बर १२ मा उपप्रमुखकै संस्थाबारे ५० लाख बजेट व्यवस्था गरिएको थियो ।
नगर उपप्रमुख हुनुभन्दा पहिलेदेखि नै तुलसीपुर–६ डुर्मी गाउँस्थित आफ्नै घरमा चौधरीले ‘दिदी घर’ नामक संस्था सञ्चालन गर्दै आएकी छन् ।
सरकारी तहबाट उक्त संस्थालाई यति धेरै बजेट प्रदान गरिएको यो नै पहिलो पटक थियो।
त्यस्तै काँग्रेस वडा सभापति बुढाथोकीले तुलसीपुर नगर प्रहरीको ज्याजदी गरेको भन्दै बिरोध गरेका छन् ।
तुलसीपुर नगर अध्यक्ष सुरेन्द्रसिंह राठोरले बुधबार जारी गरेको बिज्ञप्ति जस्तै गरि वडा सभापति बुढाथोकीले गाउँबाट साइकलमा लोकल कुखुरा ल्याएर बजारमा डुलाउँदै बेच्दै गरेका किसान माथि भएको धरपकडर साइकल, कुखुरासमेत जफत गरि गाडीमा हुलेर लगेको घटनाको बिरोध गरेका छन् ।
बिज्ञप्तिमा नगर प्रहरीले कहिले मकै बेच्ने बृद्ध आमाहरु, कहिले तरकारी बेच्ने गरिब महिला, कहिले ठेला मजदुर, कहिले माछा बेच्ने र कहिले कुखुरा बेच्न आएका किसानलाई धरपकड गर्ने, उनीहरुका सामान जबरजस्ती गाडीमा हाल्ने, खोसिएका सामानको अवस्था र बिवरण कुनै सार्वजनिक नगर्ने, गरिब जनतालाई सताउने कार्य भइ रहेको प्रति वडा सभापति बुढाथोकीले आपत्ति जनाएका छन् ।
साथै उनले गरिब र निम्न बर्गका नागरिकलाई ब्यबस्थापन गर्नुको सट्टा उनीहरुलाइ सताउने, अपमानजनक ब्यबहार गर्ने उपमहानरपालिकाको जिम्मेवारी नभएको उल्लेख गरेका छन् ।
बजार क्षेत्र भित्रको अब्यबस्थित पार्किङ, धनिहरुले अबैधरुपमा बनाएका संरचनाहरु हटाउन माग गर्दै उनले सामान्ने नागरिक माथिको थिचो मिचो स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका द्धारा सञ्चालित ‘मेट्रो कलेज’को बिएलएलबीमा अध्यनरत बिद्यार्थी नबीन केसी माथि भवन निर्माणको जिम्मा लिएको निकायप्रति आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रश्न उठाएकै कारण कलेज प्रमुख वशन्त आचार्यले रेष्टिकेट गर्ने धम्कि दिएको भन्दै त्यसप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बुढाथोकीले उल्लेख गरेका छन ।
