२०८३ असार ५ गते शुक्रवार

मुख्यमन्त्री आचार्यको एक बर्षे उपलब्धि सार्वजनिक

दाङ, साउन ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरुको विवरण सार्वजनिक गरेका छन् ।

राप्ती उपत्यका देउखुरीमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरि आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गरेका हुन ।

प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको भन्दै उनले सुशासनलाई केन्द्रविन्दुमा राख्दै पाँच वर्षे रणनीतिक योजना तयार पारेको बताए ।

राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा प्रगति भएको मुख्यमन्त्री आचार्यले बताए । उनले चालू खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको दाबी गर्दै कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्याङकन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको बताए ।

प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताए ।‘

जनताले मूल्यांकन गर्न सक्ने गरी पारदर्शी ढंगले काम भएको र अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिन उनले बताए ।

सभामुखले घर्तिमगरले जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण, सम्वद्र्धन र कार्यान्वयनको दिशामा सरकार संवेदनशील भएर अगाडि बढ्ने बताए ।

एक बर्षको अवधिमा प्रदेश सरकारले ७६ बुदे उपलब्धि सार्वजनिक गरेको हो । संघीयताको संस्थागत अभ्यासमा लुम्बिनी प्रदेशले भूमिका खेलेको, सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको नीति तथा कार्यक्रमले प्रदेशलाई संघीय अभ्यासको ‘मोडेल’ प्रदेशको रूपमा उभ्याउने प्रयास गरेको उनले बताए ।

कार्यक्रममा मुख्यमन्त्री ड्यासवोर्ड, किसान एप र अभौतिक सांस्कृतिक सम्पदाको विमोचन गरिएको थियो ।

प्रदेश सरकारले मुख्यमन्त्री ड्यासवोर्ड स्थापना गरेको छ । अब मन्त्रालय र सरकारकार विभिन्न निकाय तथा कार्यालयबाट सम्पादन हुने कामहरुको अनुगमन गर्न मिल्ने छ । मुख्यमन्त्री आचार्य र उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले संयुक्तरुपमा अभौतिक सांस्कृतिक सम्पदाहरुको पुस्तवक विमोचन गरेका थिए ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले उक्त पुस्तक प्रकाशन गरेको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि एपको उद्घाटन गरेका हुन ।

मुख्यमन्त्री ड्यास वोर्ड र किसान एप प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठान लुम्बिनीले तयार पारेको हो ।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *