
दाङ, असार २३ । व्यक्ति हत्या गरि फरार एक जना प्रतिवादीलाई सल्यान प्रहरीले २० बर्षपछि पक्राउ गरेको छ। जिल्लाको साविक घाझरी पिपल गाविस वडा नं. ५ र हालको वनगाड कुपिन्डे नगरपालिका वडा नं. ७ मैदु निवासी ४१ बर्षीय दिलबहादुर पुनलाई प्रहरीले २० बर्षपछि पक्राउ गरेको छ । पुनले २०५६ साल जेठ २२ गते बेलुका ५ बजे स्थानीय लोकबहादुर ऐरीको कर्तव्य गरि हत्या गरेका थिए ।
सर्बोच्च अदालतले हत्या अभियोगमा पुनलाई दोषी ठहर गर्दै १५ बर्ष जेल सजाएको फैसला तोकेको छ । अदालतको फैसला लगतै फरार रहँदै आएका पुनलाई जिल्ला प्रहरी कार्यालय सल्यान र कर्णाली प्रदेश सुर्खेतको प्रहरी टोलीले असार २२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
पक्राउ परेका पुनलाई जिल्ला अदालत सल्यानमा पेश गरेकोमा अदालतको आदेश अनुसार तोकिएको सजाय भुक्तानीका लागि जिल्ला कारागारमा पठाइएको प्रहरीले बताएको छ ।