तुलसीपुर, असार १ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ०८३ को बजेट प्रदेशसभामा आज पाँच बजे प्रस्तुत गर्दै छ ।
यसअघि दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने समय तोकिएको भएपनि प्राबिधिक कारण देखाउँदै दुई घन्टा पछि सोरेर ५ बजे तोकिएको छ । बिहान मात्रै सूचना निकालेर हेरफेर गरि पाँच बजेलाई सारिएको हो ।
चालु आर्थिक वर्षका लागि ३८ अर्व ९७ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि पनि त्यही आकारको बजेट ल्याउने तयारी गरेको एक जना मन्त्रीले बताएका छन् ।
नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने ती मन्त्रीका अनुसार अर्थमन्त्रालयले यसअघि मन्त्रीहरुलाई पठाएको बजेटको शिलिङ भने झन्डै ३२ अर्वको थियो ।
३२ अर्बको शिलिङ दिएपनि झन्डै ३६ अर्बमा प्याक हुने बजेट अर्थमन्त्रालयको कमजोरीका कारण तीन अर्ब थपिएपछि गत आर्थिक बर्षकै हाराहारी झन्डै ३९ अर्बको बजेट आगामी आर्थिक बर्षका लागि आउन भएको छ । अर्थमन्त्रालयको कमोजारीका कारण अन्तिममा आएर बजेटको आकार थपिने अवस्था उत्पन्न भएको हो ।
बजेटको शिलिङ बढ्ने भएपछि मन्त्रीहरुले आफ्नो क्षेत्रमा बजेट थप्न दबाब सृजना गरेका थिए । बजेट बारे प्राबिधिक ज्ञान नभएपछि तीन अर्व बजेट अन्तिमा थपिए पछि मन्त्री तथा प्रदेशसभा सदस्यहरुले योजनाहरु थप्न दवाब दिएका थिए ।
जस्का कारण पटक पटक सार्वजनिक मनतब्यहरुमा टुक्रे योजना समाबेस नगर्ने प्रतिवद्धताबाट नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री चेतनारायण आचार्यपनि पछि हट्न बाध्य भएको स्रोत बताउँछ ।
नेपाली काँग्रेसकै अर्का एक पूर्व मन्त्रीले बजेटको तयारी नपुगेको, ठूलो टेक्निकल समस्या देखिएको र मन्त्रीहरु कन्ट्रोल भन्दा बाहिर देखिएको टिप्पनी गरे । उनले अर्थमन्त्री र मुख्यमन्त्रीका बीचमा आवश्यक समन्वयको ठूलो अभाव देखिएको उनले जानकारी दिए ।
केन्द्रबाट सर्ससहित पठाएर दिएका बजेट बारे प्रदेशको
अर्थमन्त्रालयले गलत शिलिङ दिएका कारण अन्तिममा आएर गञ्जागोल जस्तो वातावरण सृजना हुन पुगेको भएपनि रातभर बसेर समस्या समाधान गरेको उनले बताएका थिए ।
मुख्यमन्त्री कार्यालय र अर्थमन्त्री कार्यालयका बीचमै समन्वयको अभाव देखिएको उनको धारणा थियो ।