२०८२ असार ७ गते आइतवार

नदीमा बगेकी १२ बर्षीया आशाको पनि शब फेला

दाङ, जेठ २७ । ठूली भेरी नदीमा बगेका मध्य जाजरकोटका तीनै जना बालबालिकाको शब फेला परेको छ ।

सोमबार बेलुकी ६ बजेतिर १२ बर्षीया आशा कुसारीको शब फेला परेको हो ।
उनको शब घटनास्थलदेखि ४ किलोमिटर दक्षिणमा फेला परेको जाजरकोटका प्रहरी निरीक्षक सञ्तोष चन्दले जानकारी दिए ।

तीन बालबालिका गत शुक्रबार दिउँसो रुकुमपश्चिमको आठबिसकोट नगरपालिका – ९ र जाजरकोट जिल्लाको नलगाड नगरपालिका – ८ मा पर्ने मन्मैस्थित ठूली भेरी नदीमा बगेका थिए ।

गत शुक्रबार नै आशाका भाइ १० बर्षीय महेश कुसारी र १६ वर्षीया भगवती नेपालीको शब फेला परि सकेको थियो । उनीहरु जिल्लाको नलगाड नगरपालिका –८ का हुन ।


उनीहरु शुक्रबार दिउँसो नुहाउने क्रममा नदीमा बगेका थिए ।
शुक्रबार दिउँसो विद्यालय बाट घर फर्किदै गर्दा नदीमा तीन बालबालिका बगेका थिए ।

प्रहरीका अनुसार सुरुमा महेश बगेपछि उनलाई जोगाउन भन्दै आशा र भगवतीले नदीमा हाम फालेका थिए । जोगाउन गएका दुबै जनासहित तीन जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *