
दाङ, असार २० । तुलसीपुरको फूलवारी बाट शुक्रवार जुवाडे पक्राउ परेका छन् । शुक्रवार बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ तुहीखोला वाट ७ जना जुवाडे पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले उनीहरुको साथबाट एक लाख ६२ हजार रकम बरामद भएको जानकारी दिए ।
तुही खोलामा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा साढे ८ बजेतिर छापा मार्दा कौडा खेलिरहेका ७ जुवाडे पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए । यद्यपी उनले पक्राउ परेका व्यक्तिहरु कस्को घरवाट पक्राउ गरिएको हो भन्ने कुरा भने खुलाएका छैनन् । त्यस्तै पक्राउ परेका व्यक्तिहरको नामपनि गोप्य नै राखिएको छ । पक्राउ परेका जुवाडेलाई ईप्रका तुलसीपुरको थुनुवा कक्षमा राखिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असार २१ गते शनिवार