२०८२ कार्तिक २९ गते शनिवार

आठ चोरीका मोटरसाइकलसहित चार जना पक्राउ

दाङ, जेठ २३ । कैलालीमा आठ चोरीका मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ परेका मध्य दुई जना यसअघि पनि चोरी मुद्दामा पक्राउ परि कैद भुक्तान पछि छुटेकाहरु छन् ।

कैलालीका डिएसपी राजकुमार सिंहले घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी – १ लोहारपुरका १४ वर्षीय किशोर, घोडाघोडी – १ सुखडबजारमा प्रकाश अटो वर्कसपमा काम गर्ने २३ वर्षीय जितेन्द्र चौधरी र सोही वडाको लक्ष्मीपुरका १४ वर्षीय अर्का एक किशोर पक्राउ परेको जानकारी दिए ।

पक्राउ परेका मध्य मदन सार्की यो भन्दा दुई पटक चोरी मुद्दामा कैद भुक्तान गरी छुटेका ब्यक्ति हुन । त्यस्तै लोहारपुरका १४ वर्षीय एक किशोर पनि यसअघि एक पटक कैद भुक्तान गरी छुटेको प्रहरीले बताएको छ ।


पक्राउ परेका मध्य प्रकाश अटो वर्कसपमा काम गर्ने चौधरीले चोरीका मोटरसाइकल सस्तोमा किनेर महंगोमा बेचेर नाफा लिने काम गर्दै आएका थिए ।


इलाका प्रहरी कार्यालय सुखडबाट डिएसपी रमेश दत्त अवस्थीको नेतृत्वको टोलीले उनीहरुलाई लोहारपुर र घोडाघोडीको जंगल क्षेत्रबाट चोरीका आठ मोटरसाइकलसहित पक्राउ गरेको थियो ।


जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *