२०८२ असार २३ गते मङ्गलवार

तुलसीपुरमा बेकरी सम्बन्धि सीप सिकाउने स्कूल खुल्यो

तुलसीपुर , जेठ १२ । तुलसीपुरमा पहिलो पटक बेकरी सम्बन्धि सीप सिकाउने स्कूल खुलेको छ । स्कूलको सोमबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले उद्घाटन गरेका हुन ।


तुलसीपुरको ‘ख’ लाइनमा स्थापना गरिएको स्कूलको उद्घाटन पछि अध्यक्ष केसीले पहिलो पटक तुलसीपुरमा बेकरी सम्बन्धि सीप सिकाउन स्कूल खोलेकोमा खुसी साटे ।


स्कूलबाट धेरै सर्वसाधारणले बेकरी सम्बन्धि ज्ञान सीप सिक्ने र भविश्यमा त्यसवाट उद्यमशिलता बिकास हुने अध्यक्ष केसीले विश्वास गरे ।

‘रानी स्कील स्कूल’ नामक संस्था तुलसीपुरमा ‘रानी केक’ उत्पादन गर्दै आएको समुहले खोलेको सञ्चालक दीपक काफ्लेले बताए । यो ग्रुपमा आकास भण्डारी लगाएतको लगानी रहेको छ ।


कफ्लेका अनुसार बेकरी सम्बन्धि ४५ दिने तालिम लिन इच्छुकलाई मासिक ३० हजारमा सिकाइने बताए ।

त्यस्तै उनले सीप सिक्ने चाहाने एकल महिला लगाएतको हकका छात्रबृत्ति प्रदान गरिने बताए । दश जनालाई निशुल्क रुपमा छात्रबृत्ति प्रदान गरिने सञ्चालक काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *